चुनाव जिते तलबभत्ता गाउँपालिका कै लागि खर्च गर्छु -सेकेमान तामाङ

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २४, २०७४

धादिङ बैशाख २४ । धादिङ खनियाबास गाउँपालिका प्रमुखका उम्मेदवार सेकेमान तामाङले चुनाव जितेमा सरकारले दिने सबै किसिमका तलब भत्ता गाउँपालिका कै लागि खर्च गर्ने बताएका छन् ।

माओवादी केन्द्रबाट गाउँपालिका प्रमुखको लागि उम्मेदवारी दिएका सेकेमानले खनियाँबासलाई समृद्ध बनाउन कै लागि आफुले प्रमुखपदको लागि उम्मेदवारी दिएको बताउनु भयो ।

चुनावी प्रचार प्रसारका क्रममका खनियाबासका विभिन्न वडामा भोट माग्दै गरेका तामाङ धादिङपोष्ट सँग कुरा गर्दै भन्नु भयो- खनियाँबास गाउँपालिकालाई ५ वर्ष भित्र नमुना गाउँपालिका बनाउन सक्छु । माओवादी केन्द्रले तय गरेको घोषणा पत्र कार्यान्वयन र स्थानीय विकासका संरचना लागु गर्दै खनियाबासलाई समृद्ध बनाउन सकिन्छ । पहिलो काम भुकम्पबाट क्षतिग्रस्त भएका बस्तीहरु पुनःनिर्माण र सामुहिक बस्ती निमार्ण मेरो पहिलो काम हुनेछ ।

प्रत्येक वडामा सडक संजालको व्यवस्था गरिने, जेष्ठनागरिक, अपाङ्ग असाह्यलाई सेल्टर हाउस निर्माण गरी सामुहिक वसोबासको व्यवस्था गर्ने किन्ताङफेदीलाई उत्तरी धादिङका गाउँपालिकाहरुको सम्पर्क सिटीको रुपमा विकास गर्ने विशेष योजना छ ।

उत्तरी धादिङका पढेलेखेका मध्य पर्ने सेकेमान स्कुल तह देखिनै ट्यालेन्ट विद्यार्थी हुन्, सामान्य गरिव परिवारमा जन्मेपनि आफै कमाएर पढ्दै गरेका उनी अहिले राजनीतिक शास्त्रमा मास्टर डिग्री (M.A. political science) र उद्यमशिलतामा डिप्लोमा फिल्याण्डबाट सकेर कानुनमा स्नात्तक (bachelor of law) मा अध्यनरत विद्यार्थी हुन् ।