राम्रो को स्थिति पैदा भएको छ । जस्को खलो उस्को दाँई, नेपालीमा एउटा उखान प्रचलित छ । २०४६ सालपछि नेपाली काँग्रेसले ग्रामीण स्वावलम्बन कार्यक्रम ल्यायो । गाविसलाई एकमुष्ठ रुपमा अनुदान दिने व्यवस्था ग¥यो । बुद्धु काग्रेसले त्यसको प्रचार प्रसार गर्न जानेन । वार्षिक बजेट मार्फत ल्याइएको सो कार्यक्रम ग्रामीण क्षेत्रमा सरकारको सोझै बजेट पु¥याउने पहिलो जनपक्षीय निर्णय थियो ।
हुँदै नहुनु भन्दा कानो मामा नै निको भने जस्तै गाविस तहमा बजेट दिने परम्पराको सुरुवात काँग्रेसले गरेको थियो । काँग्रेसले त्यो मात्रै होइन, गाविस स्तरमा जनतालाई प्रत्यक्ष लाभ दिने खालका अन्य कार्यक्रम पनि अगाडि सारेको थियो । तर प्रचार प्रसार नहुँदा काँग्रेसको कार्यक्रम ओझेलमा प¥यो हरायो । पछि छट्टु एमालले सोही कार्यक्रमको नाम फेरेर ‘ आफ्नो गाँऊ आफै बनाऊ’ भन्ने बनायो ।
लक्ष्य उही थियो, कार्यक्रम उही थियो, उद्देश्य पनि उही थियो । काँग्रेस सरकारले रु ५० हजारको बजेट उपलब्ध गराएको थियो । वार्षिक रुपमा बजेट बढाउँदै लैजाने काग्रेसको घोषणा थियो । तर एमालले एकै पटक रु पाँचलाखको बजेट आफ्नो गाँऊ आफै बनाऊ नाममा गाविस स्तरमा नै बजेट दिने कार्यक्रम ल्यायो । बुद्धु र छट्टु हुनुको भेद यही छ । काँग्रेसले प्रचार गरेन , एमालले प्रचार ग¥यो र काँग्रेसको ग्रामीण स्वालम्बन कार्यक्रम ओझेलमा प¥यो ।