हरेक शनिबार फुलखर्कमा तरकारी बजार तथा कृषि प्रदर्शनी

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ९, २०७४

कृष्ण राना मगर
फुलखर्क बैशाख ९ गते ।
गंगाजमुना गाउँपालिका अन्तरगत फुलखर्कका किसानहरु व्यवसायकि कृषि तर्फ उन्मुख भएका छन् । गाउँघरमा उत्पादन हुने विभिन्न तरकारी तथा फलफुल बाँडेर मागेर खाने चलनको क्रमिक अन्त्य हुँदै गएको छ ।

उत्पादन तरकारीहरु गाउँमै लाग्ने हाटबजारमा विक्रि वितरण हुन थाले पछि उनीहरुको आम्दानीको मुख्य स्रोत हुन थालेको छ । उत्पादित तरकारी तथा फलफुल विक्रि वितरण स्थानीय तरकारी बजार कृषि प्रदर्शनी आयोजना गरि विक्रि वितरण गन गरेका छन् ।

गंगाजमुना वडा नं. ५ का सम्पूर्ण किसानहरुले विभिन्न स्थानमा रुटिङ अनुसार हाटबजारको आयोजना गर्दै तरकारी फलफुल बेच्दै आइरहेका छन् । ०७३ चैत्र १९ गते मण्डली माध्यामिक विद्यालय फुलखर्कबाट सुरु गरेका थिए । त्यस्तै ०७४ बैशाख २ गते हिलेपोखरी आधारभुत विद्यालय सुकभन्ज्याङ र आज फुलखर्कको ढाडाखर्क भन्ने ठाउमा हाटबजार लागेको छ । यो आलो पालो अनुसार हेरेक शनिबार हाटबजार लाग्ने गर्दछ ।

उक्त कृषि प्रदर्शनी तथा बजार मेलामा स्थानिय उत्पादनहरु निम्न छन् ।
तरकारी तथा फलफुलः काउली, बन्दा, केराउ, प्याज, लसुन, अदुवा, आलु, गोलभेडा, खर्सानी, कागती, धनियाँ, साग, मुला, गाजर, पिडालु, बोडी, केरा, मेवा आदि
कृषकहरु यातायात सुविधा नभएर पनि झण्डै १ घण्टा देखि पैदल यात्राको बाटोमा थुन्सेबोकेर प्रदर्शनीमा सहभागि हुने गरेका छन् ।