नारायण सिलवाल
धादिङ । नीलकण्ठ नगरपालिका साँखु स्थित पानधारे महिला कृषि सहकारीको भवन बनाउन महिलाहरु नै सक्रिय बनेका छन् ।
४ वर्ष पहिला महिलाहरु मिलेर संचालनमा आएको यस पानधारे कृषि सहकारीलाई नगरपालिका र संसद विकास कोषबाट भवन बनाउन रकम प्राप्त भएपछि महिलाहरु कै सक्रियतामा उक्त भवन बन्न सुरु भएको हो ।
चैत्र १८ गते सबै मिलेर भवनको जग खनियो प्राविधिक काम बाहेक सबै काम हामी आफै गछौं, महिलाले गर्न सक्दैनन् भन्नेहरुलाई हामी काम गरेर देखाइदिने सहकारीकी अध्यक्ष सिता थापा भण्डारीले बताउनु भयो ।
भवन बनाउन सभाषद रविन्द्रप्रताप शाहबाट संसद विकास कोषको १० लाख र नगरपालिकाबाट १ लाख गरि अहिले ११ लाख छ, प्राविधिक स्टमेट अनुसार ४ कोठे भवन हामी प्राविधिकहरुको सहयोगमा बनाउ छौ धादिङपोष्टलाई अध्यक्ष भण्डारीले भन्नु भयो ।
१५० जना सेयर सदस्य रहेको यस महिला सहकारीले ५० जनाको बालबचत पनि गरि रहेको छ । तस्वीरः राजन भण्डारी