प्रेम बहादुर घले
धादिङबेसी फागुन २४ । धादिङबेसीमा ३ दिन सम्म चलेको युवा संघ धादिंगको सातौ जिल्ला अधिबेशनबाट दिपक खतिवडा अध्यक्षमा निर्वाचित भएका छन् ।
युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजीव पहाडीको प्रमुख आतिथ्यतामा धादिङबेसी स्थित मदन आश्रित स्मृति सभाहलमा शनिबार देखि सुरुभएको अधिबेशन सोमबार दिपक खतिवडालाई निर्वाचित गर्दै सकिएको हो ।
नयाँ कार्य समितिको लागि अन्तिम सम्म सहमतिको प्रयास गरिएको तर उम्मेदवारहरुको आकाँक्षी बढी भए पछि निर्वाचनको प्रक्रियामा पुगेको युवा संघ नेपाल धादिङको अधिवेशनमा अध्यक्षमा दिपक खतिवडा र प्रज्वल तामाङ बीच प्रतिस्पर्धा भएको थियो । जसमा खतिवडाले १ सय ५५ भोट र तामाङले १ सय १९ भोट पाएका थिए ।
त्यस्तै अन्य निर्वाचित पदाधिकारीहरुमा उपाअध्यक्षमा सुर्य गुरुङ, सचिव काजी श्रेष्ठ उप सचिवमा ईमान तामाङ, कोषाध्यक्षमा ज्ञानु कडेल निर्बचितभएका छन् ।
उद्घाटन कार्यक्रममा नेकपा एमालेका नेताहरु संसद गुरु वर्लाकोटी, संसद धनबहादुर घले, पार्टी सचिव शिव कडेल लगायतको आतिथ्यता रहेको छ ।