माओवादी मन्त्रीलाई हिमाल शर्माको खुल्ला पत्र

Avatar photo
Dhadingpost
शनिबार, माघ १५, २०७३

himal-sharmaमाननीय मन्त्री कमरेडज्यू,
अभिवादन,
कमरेड मन्त्रीज्यू, तपाई एकदमै आरम हुनुहुन्छ भन्ने हामी कार्यकर्तालाई विश्वास छ । माफ गनुहोला त्यसैले पशुपतीनाथसंग कामनाको प्राथाना गरिन । पार्टी पुननिर्माणको अभियान बोकेर काठमाण्डुको तारकेश्वर नगरपालीकाको अन्तर्ग पुसल भन्ने गाउको पुतुवार दलित वस्तीमा जनसमुदाय र कार्यकर्ता भेटघाटमा छु । काठमाण्डु भएर पनि अति दुर्गम गाउँ हो यो । अहिलेसम्म वाटो र खानेपानीको अभाव छ । गरिबीको कुरा गरिसाध्यै छैन । त्यसैवेला तपाइको याद आएर फोन गरेको थिए । याद गरेको कार्यकर्ताको एउटा फोन उठाइदिनु भएको वा कलव्याक गर्ने संस्कृती भएको भए सायद यो पत्र लेख्ने थिइन पनि होला ।
मन्त्री कमरेड, चुनावमा तेश्रो भएतापनि पार्टीको रणनीति र प्रचण्ड कमरेडको नेतृत्वको कुशलताले मालदार मन्त्रालय फेला पार्नु भएकै छ । कृपया यो अन्तीम जागीर भनेर नसम्झनु होला । तपाई कहा अलमलिनु भएको छ मन्त्री कमरेड ? जनताको काम गर्नु भएकोे छ की दलालको ? जनता पनि खुसी छैनन् , तपाइको काम संग कुनै पार्टी कमिटीले अपनत्व गर्न पनि सक्दैन, दुःखको कुरा स्थायी समितिमा त तपाइलाई फीर्ता पो वोलाउने की भन्ने छलफल पनि भयो रे भन्ने सुनियो । पदमा वसेर राम्रो गर्न नसकेर खराव सन्देश दिन भन्दा खालि गरिदिए भएन र कमरेड । ‘म जस्तो नेतृत्वलाई त‘ जस्तो एउटा जिल्लास्तरको बवुरोले ठुलो कुरा गर्छस् ?’ भन्ने सोच्नुहोला । हुन त प्रचण्ड, नारायणकाजीहरुलाई त कतिपय कुरामा गुमराहमा राख्नु हुन्छ रे, हामी जस्ताको के कुरा ।

तपाइले राज्यको निर्णायक स्थानको पद, साधन श्रोत र नियम परिचालन गर्ने अधिकार पाउदा जनताले अनुभुत गर्ने उल्लेख्य काम के गर्नु भयो ? तपाइले अहिले गर्न नसकेको काम कहिले गर्ने ? पहिले पनि हाम्रो पार्टी र नेताले अवसर पाउदा गुटगत र मनोगत भएर वा दलालको घेरावन्दीमा परेर विग्रीयौ भन्ने समिक्षा गर्दै आत्माआलोचित हुदै गल्तीवाट शिक्षा लिने भनेर तपाईंलाई सरकारमा पठाइएको होइन र कमरेड ?
मन्त्री कमरेड, खाली दिग्दारीको कुरा मात्र के गर्ने एउटा खुशीको खबर पनि सुनाउँछु । पार्टी पुननिर्माणको अभियानमा जनता र कार्यकर्ताबीच छौ यतिवेला । जाँदै गर्दा केहि कुरा बुझ्ने मौका पाइयो । ‘जोखिम संग खेल्न सक्ने नेतृत्व’ हाम्रै पार्टी भित्र देखेको वताउन थालेका छन् जनसमुदायले । नयाँ संविधान निर्माण देखी राष्ट्रिय स्वाधिनताको प्रश्नमा अग्रणी भूमिका निभायौ भन्छन् । पार्टी विभाजन बेहोर्न र बैद्य–डाक्टर हरुलाई गुमाउन तयार भएर पनि सेना समायोजन र नयाँ संविधान जारी गरि छाडयौ भन्छन् । अरुको साथ लिएर घुमाईफिराइ आफ्नै एजेण्डा लागु गरि छाड्यौ । चुनावमा हारे पनि संविधानमा जनताको ऐजेण्डा घसाएर गोल गरिछाड्यो भनेर बधाई पो दिन थाले त ।
राजाको जेठो छोरो ‘जस्तो वदमास भएनी’ राजा भैछाड्ने व्यवस्था हटाएर सर्वसाधरण कीसानका छोरा छोरी राष्ट्रपति बन्न पाउने गणतान्त्रीक व्यवस्था ल्यायौ, जनताले आगनमा सरकार भेट्न सक्ने गरी संघियतामा भएको छ कार्यान्वयन पछि अनुभुति हुदै गर्ला भन्छन् ।

धर्मनिरपेक्षता, समानुपतिक समावेसीले सामाजीक न्याय दिलायौ । उपलवधीहरुलाई कार्यन्वयन गर्दे संविधानमा अटाउन नसकेको प्रतक्ष निर्वाचित कार्यकारी प्रमुख लगाएत पार्टीले अपुग भनिएका विषयमा लड्दै जाउ ऐजेण्डा नछोड हाम्रो फेरी साथ रहन्छ भन्छन् त गॉठे । राजनितिक पार्टीलाई गालिमात्र गरिरहने तप्काले पनि सवै नराम्रा हुन् तर त्यस भित्रको राम्रो त एमाओवादी नै रहेछ भनेर स्वर फेर्दै गरेको पो भेट्टाए मैले त ।

मन्त्री कमरेड, अर्को एउटा अलि नराम्रो खवर छ , तपाईलाई यो कुरा भन्दा पक्कै झर्को लाग्ला, जनताले कुरा चसक्क मन पोल्ने गरि हामी कार्यकर्तालाई भन्छन् सरकारमा गएर केहि गर्न सकेनौ भन्छन् । तपाईले सन्देश दिने खालको काम गरे पो हाम्रो सिर पनि ठाडौ हुनै हो ,होइन र ? हुन पनि जनताका काम गर्ने हाम्रै मन्त्रालय देखेका छन् । अपेक्षा पनि माओवादीकै गर्छन् ।

मन्त्री कमरेड, तपाईं दलालको घेरावन्दीमा हुनुहुन्छ र त मनोगत हुनु भएको छ भन्ने लाग्छ । तपाईलाइ लागेको हुन सक्छ मैले दिन रात काम गरेको छु उल्टै दोष किन ? ‘सय धार्नी भारी बोकेको छु भनेर मात्र हुदैन, दुरी पार नगरे पछि बेअर्थको परिणाम आउछ, त्यसको कुनै भ्यालु हुदैन’ भनेर हामीलाई दर्शन सिकाउने तपाइ होइन र कमरेड ?
परिणाम भनेको तपाईले के गर्नु भयो भन्दा पनि जनताले के अनुभूति गर्न सके भन्ने प्रधान विषयबस्तु हुन्छ । अपेक्षा वमोजीम केहि गर्न सक्नु भएन मन्त्री ज्यु, नियमित काम गर्न त जो गए नि भैहाल्यो नि । माओवादी नै किन चाहियो र । तपाइलाई स–सानो ललिपप देखाएर भ्रष्ट कर्मचारीको नोकरशाहि तन्त्रले चिप्लाएको पत्तै पाउनु हुन्न । भलै माओवादी ट्याग लागेका कर्मचारीमार्फत काम गरेको छु भन्नु होला, यसवाट मात्र तपाइ चोखो रहनुहुन्न । कर्मचारी जो तपाइको अधिपछि गर्छन् तिनीहरुले विचौलिया र दलालको काम गरेका छन् भन्ने प्रमाण म संग छ । तपाईको धेरै वुद्धी भएर होला । “दलाल मार्फत काम गर्दा राहात पाइने, कमिटीले सिफारिस गरेको जनताको काम गरेर फोकटमा किन गोठालो वन्ने” भन्ने ठान्नु हुन्छ होला । तपाई त ‘मानो’ पाएर रमाउनु भएको होला तर ‘विश्वासको मूरी’ गुमेको पत्तो पाउनु भएकै छैन कमरेड, अनी परिवर्तनको भकारी कसरी भरिन्छ ?
कमरेड, तपाइले केही नगरेको भन्न पनि सक्दीन, जति गर्नु भएको छ सुधारको मात्र कोसिस हुन सक्छ । पदमा बसेको वेला खुवै गरे जस्तो लाग्छ तर यस्तो गतिले परिवर्तनको अनुभुती हुनै सक्दैन । तपाइले नियमित काम वहेका के पो गर्नु भाको छ र । आफ्नो क्षमतालाई पुरापुर किन प्रयोग गर्नू हुन्न ? तपाइलाइ अफ्ठ्¥रो के छ ? भन्नुस हामी ज्यान दिन तयार छौ । जे भए नि हामी कार्यकर्ताले तपाइको गुन गान गाइदिएकै छौ । तर धोति फुस्के पछि होइन ÷छैन भन्न सकिदो रहेनछ कमरेड ।
मलाई तपाइको मन्त्रालय जान मनै लाग्दैन । कुनै, जनताको हुने काम लिएर गयो भने मेरो मुखमा हेर्नुहुन्छ । पैसा यसले समातेर मलाई काम लाग्न आयो की भनेर होला । ‘चोर ले अरुलाई पनि चोरै देख्छ’ भन्ने उखानको संझना पलायो त्यतीवेला । म सकभर मन्त्रालय जान नपरोस भन्ने चाहान्छु । एक दुइ पटक भन्दा गएको नि छैन, खुट्टी देखेर चाल पाइएको छु ।
तर पनि स्थानिय कमिटीका साथिहरु र समाजीक कार्यकर्ताले जनताका आधारभुत कामहरु लिएर जिल्ला पार्टी कार्यलय आउछन् । नगरपालीका र वडाका जनताले तिम्रो पार्टीको सरकार छ तिम्रा मन्त्रालय अन्तर्गतको काम गरिदेउ भनेर स्थननिय कार्यकर्तालाई घेरावन्दी गरेका छन् । कोहि विकाश निर्माणको काम छ । कोहि माताहातका कर्मचारीको दिग्दारी ले हैरान छन् । कोहि शहिद बेपत्ता परिवारको कतै सेटल्मेन्ट गरिदिनु प¥यो भन्छन् । कोहि नितिगत कुरा र कोही व्यक्तिगत काम आदी आदी ।
पार्टी हनुको नाताले सवैको कुरा सुन्नै प¥यो । स्वभाविकरुपमा माथिका नेतालाई भन्दा स्थानिय कार्यकर्तालाई वढि प्रेसर पर्दछ । जनतासंग जोडिएका समाजिक र विकाश निर्माणका जायज प्रश्नहरुको जिल्ला समितीका सािथहरु संग छलफल गरी आएका काम मध्ये सट लिस्ट बनाइन्छ । र सिफारिस गरिन्छ । पार्टीकेन्द्रले सिफारिस समिति पनि वनाएको छ । जिल्लामा पनि छ ।
म एनेकपा माओवादी काठमाण्डु जिल्लाको अध्यक्ष हुं । हाम्रो कमिटीले गरेका सिफारिसको आज सम्म अधिकांस मन्त्रालयबााट रेस्पोन्स छैन । मेरो जानाकारीमा आए वमोजिम उपत्यका जिल्ला बाहिरका पार्टीले संस्थागत निर्णय गरेका विषयहरु पनि रद्धीको टोकरीमा फलिएको छ रे । यो काम हुन सक्ने र यो काम यसरी नहुने भयो भनेर रेस्पोन्स कतै वाट पनि हुदैन । त्यत्रो सचिवालयमा जागीर खुवाउनु भाको छ , तिनिहरुले रेस्पोनस गरिदिए पनि हुने नि । हुन त उनिहरु पनि सरुवा परुवा, भर्ती , ब्यापारी ठेकदारका आदीका कुरा सम्हाल्दा ठिक्क होला विचरालाई ।
प्रकृया वढाइएका कामको स्थानिय कार्यकर्तालाई चासो हुन्छ जवाफ दिनुपर्ने हुन्छ ,के जवाफ दिने हामी संग हुदैन । काम नगरिदिए पनि कम्तीमा रेस्पोन्स गरिदिनुस कमरेड । दलाली च्यानलको काम गर्ने र जनताको काम गर्ने सचिवालय डेक्स छुटछुट्टै वनाइदिनु भयो भने सजिलो हुने थियो हामीलाई । घालमेल नगराइदिनुस न । तपाइको मन्त्रालयमा गयो दलाल नै दलालहरुले सचिवालयलाई घेरेका हुन्छन् । टाढा टाढा जिल्लावाट आएका विचरा कार्यकर्ताहरु घन्टौ कुर्दा पनि भेट्न नपाएको गुनासो गर्छन । म त लडेर नि भेट्छु होेला, त्यो अलग कुरा हो । तपाइलाई भेट्नै पर्छ भन्ने पनि छैन त्यस्तो हेल्प डेक्स वनाइदिनुस जो जनताको कामको रेस्पोन्स होस ।
तपाइले त जिल्ला कमिटी अध्यक्षको फोन आयो भने कहिलै उठाउनु हुन्न । सुनेको छु फोन आउदा मुख विर्गानु हुन्छ रे । पिएले समेत हाम्रो फोन को झंजट मान्छन् । ब्यक्तिगत र लाभका काममा कहिलै गुहारेको छैन तपाईसंग । छ भने वकाइदा भनिदिनुस । मलाई थाहा छ हिमाल शर्माले व्यक्तिगत काम लिएर गयो भने त्यो मेरो लगि तुरुन्तै गरिदनुहुन्छ । जो, मेरो लागि अरु पार्टीका मन्त्रीहरुले नि गरिदिन्छन् रेस्पोन्स गर्दछन् । तर म भन्छु व्यक्तिको काम भन्दा जनसमुदयलाई प्रभाव पार्ने कमिटी प्रणाली वाट गएको काम गरिदिनुहोस । जसले समाजमा सकरात्मक सन्देस जाओस । पार्टी नेताको व्यक्तीगत काम भन्दा प्रकृयावाट आएको कामले तपाइले गरेको योगदानलाई संस्थागत गरिदिन्छ ।
तपाइहरु, कमिटी प्रणाली मार्फत आएका जनताका काम गर्न दिक्क मान्नुहुन्छ । दलालका ब्यक्तिगत काम गर्न उत्साहित हुनुहुन्छ । जनताको होइन, पैसा आउने च्यानलको काम भएको पाएको छु । अहिलेको पार्टी कार्यनितिले नया कार्यशैलीको माग गरेको नविर्सनुस् न कमरेड । की त वुर्जुवा पार्टीको जस्तो संस्कृती हुनुप¥यो । व्यक्तिगत, पैसा, सम्वन्ध, चिनजान र एप्रोजको आधारमा सक्नेको काम गर्ने । होइन भने तपाइ पनि पद्धतीमा चल्नु पर्छ । सवै काम हुन्छन र गर्ने पर्छ भन्ने पनि ठान्दीन । म पनि वुझ्छु तर पनि रेस्पोन्स त गरिदिनुस न । रेस्पोन्स गर्ने कुरामा तपाई कमरेड भन्द वुर्जुवा अगाडी छन् ।
एउटा मात्र तितो सत्य कुरा राख्छु काठमाडौ जिल्ला पार्टीले निर्णय गरी एकजना सर्वसाधरण जनताको काम लिएर संवन्धीत मन्त्रालयमा सिफारिस गरियो , तपाई संग हार गुहार गरियो । त्यहावाट जवाफ आयो यो नियमले मिल्दैन , हरेस खाएर एकजना दलाल लाइ पक्रने निधो गरियो । बीचार गर्नको लगि, आफै पैसा खोजेर दलाल लाई दिएको थिए, अव त्यो काम पक्का भएको छ रे । अव तपाइलाई ‘थुक्क मन्त्री कमरेड’ भन्ने वाहेक मैले के गर्न सक्छु र ।
तपाइका यस्ता गतिविधीले पार्टी र कमरेड प्रचण्डलाई धोका हुन्छ मन्त्री ज्यु । पछिल्ला दिनहरुमा पार्टी प्रति आएको भरोसालाई तपाइको कारणले स्खलित नवनाइदिनुस भन्न चाहान्छु । जनताको घर भत्केको वेला महलको सपना नदेख्नु राम्रो । जनताको घर बनाऔ । जनताले हाम्रो सुरक्षा गर्ने छन् । भविष्य हाम्रै छ मन्त्री कमरेड ।
अन्त्यमा, ब्यक्ति र विषयको हिसावले अर्को पत्रमा माथिका कुराको व्यवस्थित र ठोस प्रमाणसहित सविस्तार गर्ने नै छु । कृपया, व्यक्तिगत जीवनमा चोट पुगे माफ गर्नुहुनेछ भन्ने आशा गर्दै आजलाई यो पत्र यही टुङ्याउँछु ।
क्रान्तिकारी अभिवादन सहित, तपाइको उही
हिमाल शर्मा,
एमाओवादी,काठमाडौ जिल्ला पार्टीको अध्यक्ष
साभारः काठमाडौ टुडेबाट ।