भारतको प्रमुख शहर हान्न सक्ने मिसाईल परिक्षण

Avatar photo
Dhadingpost
बुधबार, माघ १२, २०७३

एजेन्सी माघ १२। लामो समय देखि भारत र पाकिस्तानको हतियार प्रदर्शन प्रतिस्पर्धा उउत्कर्षमा पुगेको छ । दक्षिण एशियामा आणविक शक्ति सम्पन्न राष्ट्र मध्यको एक पाकिस्तानले २२ सय किलो मिटर मार हान्न सक्ने ब्यालेष्टीक मिसाईलको सफल परिक्षण गरेको छ ।
पाकिस्तानी ईन्टर सर्भिस पव्लिक रिलेसनले विज्ञप्ति जारी गरी मंगलबार उक्त परीक्षण सफल भएको जनाएको हो ।

पाकिस्तानको कुनै पनि भू भागबाट भारतको दिल्ली सहित प्रमुख शहर सम्म मार हान्न सक्ने यो मिसाईल सतहबाट सहतमै मार हान्ने क्षमताको रहेको र बहुआयामिक वार हेडलाई लान सक्ने विज्ञप्तिमा जनाईएको छ ।

पाकिस्तानको ईस्लामावाद र भारतको दिल्लीको दुरी करीब सात सय किलो मिटर रहेको छ । पाकिस्तानले अघिल्लो महिना समुन्द्रबाट मार हान्ने ४ सय किलो मिटरको बाबर ३ को परीक्षण गरिएको थियो ।