शालिकग्राम अर्याल,
नलाङ धादिङ
आज दिउँसो घाम तापेर बस्दा मेरा ८७ बर्षका बुबाले नेपालका राजनैतिक दलहरुको प्रसंङ्ग चल्दा यसो भन्नुभो !! तपाइलाई कस्तो लाग्यो ? प्रतिकृया दिनोस् ल ! जसबाट मलाइ पनि मद्दत हुनेछ ।
” मेरा ८ जना छोरा-छोरी एउटै पार्टीमा समर्थन गर्ने रहेनन् , प्राय सबै मुख्य पार्टीहरुमा आस्था राख्ने भए , म कसलाई समर्थन गरौं ?
मैले सोधें- तपाइको अन्तर-आत्माले के भन्छ ? अनि कुन राम्रो जस्तो लाग्छ ? उहाँको उत्तर यस्तो आयो –
सनातन धर्म – संस्कारका हिसाबले रा प्र पा राम्रो ।
खुल्ला र उदार्ताको भाव हेर्दा काङ्ग्रेस राम्रो ।
संगठन, खटाइ र मीठो बोली हेर्दा एमाले राम्रो ।
नयाँ बिचार, एजेण्डा र नेतृत्व हेर्दा माओबादी केन्द्र राम्रो ।
अहिलेको झगडा कचिङ्गल हेर्दा युद्ध-आन्दोलन अझै पुगेन छ, अझै यी षडयन्त्रकारी नेतालाई कारबाही गरेर तह लाउन युद्धनै गर्नुपर्छ भन्ने त्यो माओबादीबाट फुटेको विप्लव नै चाहिएको हो त ? झै लाग्छ पनि !!
खै ! के हो के हो ? म बुढालाई के थाहा ! यै चाला हो भने म त अब तिमारु सबै कुनै पनि दलका समर्थक हुन छोड, अर्काको भर्याङ बनेर दुनियाँलाई माथी पुर्याउने मात्र हो र ? भन्न मन लाग्न थाल्यो । म जिल्ल परें ।