पशुपालन सहकारीका सदस्यहरुलाई घासको विऊ वितरण

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर ९, २०७३

नारायण सिलवाल,
धादिङबेसी मंसिर ९ ।
जिल्ला पशु सेवा कार्यालय धादिङले पशुपालन सहकारीका सदस्यहरुलाई घासको विऊ वितरण गरेको छ ।

बर्षेनी धादिङ जिल्लामा गाई वस्तु खुवाउनको लागि घाँस अभाव हुने गरेकोले किसानहरुलाई पशुपालनका लागि सहज होस भन्ने हेतुले बुधबार घाँसको बीउ बितरण गरेको हो ।

पशु सेवा कार्यालय धादिङले वितरण गरेको निशुल्क घाँसको बीउ नीलकण्ठ नगरपालिका सुनौलाबजारको तल्लोबेशी, पौवा, साङकोषका किसानहरुलाई घाँस बिउ वितरण गरिएको पशु सेवा कार्यालय धादिङले जानकारी दिएको छ ।

घाँसको बीउ चाहिने किसानले नजिकको इलाका पशुसेवा कार्यालयबाट पनि घाँसको बीउ माग गर्न सकिने पशुसेवा कार्यालय धादिङले जनाएको छ । पशुपालन व्यवसायलाई विशेष प्रवर्धन गर्न संचालित पशुपालन सहकारी र त्यसका सदस्यहरुलाई सहजता र पशुपालनका लागि प्रत्सोहानका लागि आँसको विरुवा वितरण गरिएको जिल्ला पशुसेवा कार्यालयदे जानकारी दियो ।