धुवाँकोटमा थ्रेसर मेसिनले धान झार्दै

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २९, २०७३

नारायण सिलवाल, धादिङ कात्तिक २९ ।

thereser

 

धादिङको धुवाकोटमा यतिवेला धान भित्राउने र काटनेको चटारो रहेको छ । गाउमा युवाहरु नभएपछि वृद्धवृदाहरुले धान भित्राइरहेका छन ।

पछिल्लो समय युवापुस्ता बैदेशीक रोजगारीको लागि पलायन भएपछि गाउँ घरमा केटाकेटी महीला र बुढाबुढी मात्र भेटीन्छ्न काम गर्ने युवा नहुदा धान बोक्ने रझार्न कठीनाइ पर्ने गरेको छ ।

तर धुवाकोट वडा न ८ का मखमलि महिला कृषि समुहका महिलाहरुलाई भने धान झार्न सजिलो भएको छ । जिल्ला कृषि बिकास कार्यालय धादिङले अनुदान मा धान झार्न प्रयोग गरिने थ्रसेर मेसिन उपलब्ध गराएपछि  कृषकहरुमा खुसी छाएको छ ।धान झार्न पुरुषको तुलनामा महिलाहरुलाइ बढि शारिरीक परीश्रम पर्ने , गाह्रो हुने मखमलि कृषि समुह कि अध्यक्ष शान्ती अधिकारी बताउनु भयो ।

गाउँ घरमा युवाहरु नहुदा बुढा पाकाले काम गर्नु पर्ने वाध्यता रहेको धुवाकोटका कृषक खोट बहादुर अधिकारीले दुखेसो पोखे । तर यसपालि भने धान झार्ने मेशिन थ्रेसर पाएपछि समयको सदुपयोगका साथै महिला तथा वृद्धाहरुले पनि सजिलै धान झार्न पाउदा खुशी लागेको कृषक सान्नानि अधिकारी बताउनु भयो ।जिल्ला कृषि बिकास कार्यालय धादिङले मखमलि कृषि समूहलाई अनुदानमा उपलब्ध गराइएको थ्रेसर मेसिन सजिलैँसग खुट्टाले  र बिद्युतबाट पनि चलाउन सकिन्छ ।

thereser-bokdai

सो मेसिनले प्रतिघण्टा तीनसय  किलो ग्राम सम्म धान तथा गहु झार्न सक्ने क्षमता रहेको छ । थ्रेसरलाई सजिलै एक जनाले बोक्न सकिने हुँदा गाउ गाउमा धान झार्नको लागि प्रभावकारी भएको बताइएको छ ।