धादिङ कार्तिक २३-
भारतीय दूतावासको युरोप तथा अफ्रिकाका विभिन्न देशमा रहेका सात वेबसाइट ह्याक भएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपलाई नयाँ दिल्लीमा वेबसाइट ह्याक भएको बारे सोधिएको प्रश्नमा उनले समस्या बारे जानकार रहेको र समाधानको प्रयास भइरहेको बताए ।
भारतीय दूतावासका वेबसाइट ह्याक गरिएको मध्ये रोमानिया पनि रहको छ । अन्य कुन कुन देशमा भारतीय दूतावासको वेबसाइट ह्याक गरिएका छन् भन्ने अझै खुल्न सकेको छैन ।
सोमबार ह्याकरले दूतावासहरुको साइट ह्याक गरेका हुन् । विदेश मन्त्रालयले समस्या समाधानको लागि प्रयास भइरहेको जनाएको छ ।