जिन्दगी

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २२, २०७३


मैले सोधें हावालाई
के हो जिन्दगी भनेर
किनकी त्यसले त !
सारा दुनियाँलाई स्वास दिन्छ ।

सोधें आफै हिड्ने गोरेटोलाई
के हो जिन्दगी भनेर
किनकी त्यहाँ सबै उ सँगैं
हातेमालो गर्दै हिड्छन् पाइलाहरु ।

सोधें जंगल अनि मन भुलाउने भिर पाखालाई
के हो जिन्दगी भनेर
किनकी त्यसले सबैलाई
दिएको छ मन भुलाउने रमाइला दृष्यहरु
अनि सुसेलेर गाईने गितहरु ।

अनि आएर सोधें खोलानालाई
के हो जिन्दगी भनेर
अनि भन्यो उसले सबैलाई

समेटेर

हावाले सबैलाई बचाएर राख्यो
गोरेटोले सबैलाई यात्रा गरायो
भिरपाखाले सबैलाई लडायो
कसैलाई शिखर चढायो ।

मैलेनी बुझ्न सकिन जिन्दगी
अन्त्यमा सबैले मेरै
छेउमा आएर जलाए
मेरै वेगले कता पुर्यायो ।

त्यो जिन्दगीलाई
बग्दै हिड्दै छ, निरन्त
तर भट्न पाएको छैन
कसैको जिन्दगीलाई ।