प्रमोद भट्ट,
धादिङबेसी कार्तिक ११ । एक्सन नेपाल र अक्सफाम जिवीको सयुक्त साझेदारीमा संचालीत आपतकालिन खाद्य सुरक्षा तथा जिविकोपार्जन कार्यक्रम अन्तर्गत धादिङको त्रिपुरेश्वर र सत्यदेवी गाउ विकास समितीमा आधारभुत कृषि र पशुपालन संवन्धि तालिम सम्पन्न भएको छ ।
नेपाल भुकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत संचालित सो तालिममा १६० किसानहरुको सहभागिता रहेको थियो । आधुनिक कृषि र पशुपालन तर्फ कृषकहरुलाई अग्रसर गराउने उद्देश्यको साथ संचालित सो तालिममा सहभागिलाई कसरी कृषि र पशुपालन व्यावसायमा स्तोरोन्नती गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराईएको थियो । ३ दिन सम्म संचालित सो तालिममा सहभागिलाई २ वटै गाविसमा कृषि र पशुपालन तर्फ २-२ समुह बनाई, १ गाविसमा ४ समुहका दरले ८ समुहलाई तालिम दिईएको थियो ।
तालिम प्रश्चात सहभागीहरुले, तालिमबाट धेरै कुरा सिकेको र अब यसलाई व्यहारमा उतारी पशुपालन र कृषिलाईलाई व्यवसायिक ढंगबाट संचालित गरि बाट आर्थिक उपार्जन गर्ने तर्फ आफुहरुले सोच बनाएको बताएका थिए ।
त्यस्तै अलैची खेती गरिरहेका सत्यदेवी गाविसका किसानहरुले, ३ दिने अलैची खेती आफुहरुको लागि अतिनै उपयोगी भएको र यसले व्यवसायिक तर्फ लाग्न उत्पे्ररीत गरेको बताएका थिए ।