धादिङबेसी कात्तिक १० । सल्यानटारका किसान हरि पन्तले धादिङबेसी स्थित किसान एग्रोभेटबाट बीउ खरीद गरी १ रोपनी जग्गामा काउली रोपे तर काउलीको पात मात्र झाङ्यिो फुल लागेन ।
करीब ७० दिन नाघि सक्दा पनि काउली फुल्ने छेकछन्द नदेखेपछि किसान हरि पन्त तै पनि कुनै बाट काउली फुलाउन सकिन्छ कि भन्दै उपाउको खोजी गर्दै साना किसान सहकारी संस्था लि. सल्यानटारका प्रवन्धक सञ्जु श्रेष्टकोमा पुगे । सन्जु श्रेष्ठले कृषि सम्बन्धी जानकारहरु सँग पनि उक्त विषयमा सोधखोज गरे तर हाइब्रिट बीउ गुणस्तर हिन पर्न गएको हुन सक्ने आँसङ्का गरियो ।
पन्तले काउली मात्र हैन, आफ्नो बारीमा गोलभेडा पनि लगाएका छन् गोलभेडाको पनि बीउ गतिलो परेन बोट मात्र छ अहिले त्यो बोटको पात पनि पहेंलिन थालेको बताउँछन् । भुकम्प पछि साहास नेपाल र केयर नेपालले पनि त्यस क्षेत्रमा कृषक समुह बनाई गतिवीधि गरि रहेका छन् तर उनीहरुले यस विषयमा केहि बोलेका छैनन् । २ महिनाने काउली भनेर लगाएको फुल्ने छाँट छैन खै बीउ नै गतिलो नभएर हो कि पर्ख र हेरको स्थितिमा रहेको किसान हरि पन्तले धादिङपोष्टलाई बताउनु भयो ।
कृषकहरुलाई वितरण हुने उन्नत जातका बीउ विजन नै नक्कली र अयोग्य हुने गरेका घटना धादिङमा यो नौलो होईन । यस अघि थुप्रै घटनाहरु मिडियामा आई सक्दा पनि जिल्ला कृषि विकास कार्यालय उदासीन देखिन्छ नत्र यहाँका एग्रेभेटहरुलाई सचेत गराउँ छ न त उ आफै उन्नत जातका विउ वितरण गर्छ ।
किसानका नाम लिर्दै डलर कमाउने गैर सरकारी संस्था त धादिङमा कति छन् कति । किसान अन्यौल र घाटा कहिले सम्म कृषिलाई आधुनिकि करण र व्यवसायीक करणमा बेला बखत देखा पर्ने गलत बीउ विजनले निराशा पैदा गर्ने गरेको छ ।