धादिङ कात्तिक ९ । ”गोगन पानीमा” बोलको म्युजिक भिडियो बजारमा आएको छ ।
गायिका प्रिया सानु श्रेष्ठ र गणेश गुरुङको स्वरमा सजिएको नयाँ रिमिक्स लोक दोहोरी गीत गोगन पानीमा म्युजिक भिडियो बजारमा आएको हो ।
यस गीतको म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । खेम गुरुङ र आरुसी अस्लामीको अभिनय रहेको छ । विष्णु शर्माले सम्पादन गरेको यस म्यूजिक भिडियो हमाल म्युजिकले बजारमा ल्याएको छ ।
जिन्दगानीमा गोर्खा र लमजुङको आत्मीयतालाई मौलिकतामा गाँसेर मायाप्रेमभित्र रमाउन खोजिएको गोगन पानीमा बोलको गीतले सरलतापूर्वक ग्रामीण भेगको मौलिक संस्कृतिलाई पस्केको छ ।