अमृत तामाङ,
धादिङ, सुनौलाबजार कात्तिक ४ । नेपाल सरकारका सम्माननिय युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली धादिङको पुरानो सदरमुकाम सुनौलाबजार आउने हुनुभएको छ ।
सुनौलाबजारका महान् शहीद मुकुन्दसेन राजभण्डारीको स्मृतिमा आयोजना हुन लागेको खुल्ला फुटबल प्रतियोगिता उद्घाटन गर्न मन्त्री श्रीपाइली पुरानो सदरमुकाम सुनौलाबजार शुक्रबार आउन लाग्नु भएको हो ।
युवाहरुलाई संगठित गर्दै देश निर्माणमा क्रियाशील गर्न अहोरात्र खट्ने जनयुद्धका सहिद मुकुन्दसेनको स्मृतिमा हुन लागेको खुल्ला फुटबल प्रतियोगिताको आयोजाना वाईसिएल धादिङले गर्न लागेको वाईसिएल धादिङका उपाधयक्ष लक्षमण रम्तेलले जानकारी दिनु भयो । वाईसिएल धादिङका खेलकुद विभागका संयोजक समेत रहेका रम्तेलले धादिङ जिल्लाभरका कम्तिमा ३० टिम हुने अनुमान छ तर टिम दर्ता विहिबार बेलुका सम्म कायम रहने भएकोले अहिल्यै टुङ्गो लागि नसकेको बताउनु भयो ।
सदरमुकाम धादिङबेसीबाट करीब १५ किलोमिटर पार गरे पछि पुगिने सुनौलाबजार (पुरानो सदरमुकाम) टुडीखेल मैदानमा यहि मिति २०७३ कार्तिक ५ देखि १० गते सम्म जिल्लास्तरीय खुल्ला फूटबल प्रतियोगिताको आयोजना हुने छ ।
पुरस्कार राशी
प्रथम हुने क्लबलाई रु. ४०,०००।०० (चालीस हजार) नगदसहित प्रमाण पत्र र ट्रफी तथा प्रत्येक खेलाडीलाई प्रमाण पत्र र मेडल प्रदान गरिनेछ ।
द्वितीय हुने क्लबलाई रु. २५,०००।०० (पच्चीस हजार) नगदसहित प्रमाण पत्र र ट्रफी तथा प्रत्येक खेलाडीलाई प्रमाण पत्र र मेडल प्रदान गरिनेछ ।
तृतीय हुने क्लबलाई रु. १५,०००।०० (पन्ध्र हजार) नगदसहित प्रमाण पत्र र ट्रफी तथा प्रत्येक खेलाडीलाई प्रमाण पत्र र मेडल प्रदान गरिनेछ ।
एउटा व्यक्ती स्वस्थ हुनका लागि खेलकुदको धेरै महत्व हुन्छ । मनोरञ्जनका साथसाथै युवाहरुको बीचमा भाइचारा सम्बन्ध स्थापित गर्नका लागि पनि खेलकुद महत्वपूर्ण हुने हुँदा वाइसिएल धादिङले खेलकुद त्यसमा पनि धादिङको पुरानो सदरमुकामबाट सुरु गरेको बाईसिएल धादिङका अध्यक्ष राजेश अधिकारीले बताउनु भयो ।
वाईसिएको सकृयता समाज परिवर्तनका लागि भ्रष्टचार मुक्त विकास निर्माणमा लागि रहेका छौ, यहि बेला हामीले भाईचारको विकास र युवाहरुको खेल मोहलाई आत्मसाथ गरि प्रतियोगिता आयोजना गरिएको समेत अध्यक्ष अधिकारीले बताउनु भयो ।
पुरानो सदरमुकामको बिषयमा थप अध्ययन गर्न यो समाचार पनि पढौ