बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

Avatar photo
Dhadingpost
कार्तिक २, २०७३

धादिङ कात्तिक २-

pakistan

पाकिस्तानको पूर्वी क्षेत्र पञ्जाब प्रान्तको रहिम यारखान जिल्लामा सोमबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको पाकिस्तानी अधिकारीले बताएका छन्।

सोमबार बिहान ६ बजेतिर एक ट्रकलाई उछिन्दै अगाडि बढ्ने क्रममा विपरित दिशाबाट आएको एक अर्को बससँग ठोक्किँदा भएको सडक दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने कम्तिमा ५० जना घाइते भएका, प्रहरीले बताएको छ।

घाइते सबैजनालाई स्थानीय अस्पतालहरुमा उपचारका लागि भर्ना गरिएको बताइएको र घाइते केही यात्रुको अवस्था स्थिर रहेको मन्सुरस्थित शेख जायद अस्पतालका आपतकालीन सेवा विभागका निर्देशकले बताएका छन्।

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको तत्काल छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।रासस/सिन्ह्वा