सेनाको संख्या ५ वर्षसम्म यथावत् रहने

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १६, २०७३

धादिङ  भदौ १६

nepali-sena1

नेपाली सेना पुनर्सरचना गर्न गठित कार्यदलले नेपाली सेनाको हालको संख्या ५ वर्षसम्म यथावत् राख्न प्रस्ताव गरेको छ ।

सेनामा हाल ९६ हजार ५ सय १५ दरबन्दी छ । पूर्वरक्षा सचिव वामनप्रसाद न्यौपाने नेतृत्व कार्यदलले ५ वर्षसम्म संख्या यथावत् राख्ने र ५ वर्षभित्र गरिने सामाजिक सुरक्षा पुनरावलोकनपछि मात्र संगठनात्मक सुधारका कार्य गर्न सरकारलाई सुझाएको खबर आजको कान्तिपुरमा छापिएको छ।

कार्यदलले ४ महिनाअघि सरकारलाई बुझाएको सेना पुनर्सरचनाको खाकामा ‘सुरक्षा संवेदनशीलताको विख्मान अवस्थाका कारण नेपाली सेनाको हाल कायम दरबन्दी ५ वर्षसम्म नघटाउने/नबढाउने’ उल्लेख गरिएको छ।