नारायण सिलवाल,
धादिङबेसी भाद्र ५ । नीलकण्ठ नगरपालिका अन्तरगत मूरलीभञ्ज्याङमा रहेको रामकोट बचत तथा ऋण सहकारी संस्था लिमीटेडको अध्यक्षमा पुनः हेमराज श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
गा.बि.स महासंघको महासचिव तथा एक्सन नेपालका अध्यक्ष भिमप्रसाद ढुङगानाको प्रमुख आतिथ्यता सम्पन्न छैठौ वार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
आर्थिक वर्ष २०७२-७३ को प्रगती विवरण र ०७३-०७४ को लागि प्रस्तावित वार्षिक निति तथा कार्यक्रमहरु प्रस्तुत गरीएको थियो । २०६६ मा स्थापना संस्थाले सहकारीको मुल्य र मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सदश्यहरुको आर्थीक सामाजिक सास्कृतिक रुपान्तरणका लागि कार्य गर्दै आएको छ ।
यस सस्थाले यस वर्ष कुल आम्दानी २१ लाख ५३ हजार ४ सय ५४ रुपया भएको छ भने खर्च तर्फ १९ लाख ५५ हजार ४ सय ७१ रुपया भएको छ । उक्त साधारण सभामा उत्कृष्ट बचतकर्ता र ऋणकर्तालाई सम्मान पनि गरिएको थियो भने बाल सदस्यहरुलाई स्टेशनरीका सामाग्रीहरु पनि वितरण गरिएको थियो ।
शनिवार भएको अधिवेशनमा अध्यक्ष पुन हेमराज श्रेष्ठ, उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिव राजकुमार श्रेष्ठ, कोशाध्यक्षमा रामकृष्ण श्रेष्ठ, सह-सचिवमा चकनारायण श्रेष्ठ, सदस्यमा तेजकुमारी लम्साल, रुपा श्रेष्ठ, राजन कुमाल र राजकुमार श्रेष्ठ लगायत को ९ जना निवार्चित हुनुभएको छ । त्यस्तै गरि लेखा तथा सु परिबेक्षक समिति तर्फ संयोजक रेशम श्रेष्ठ र सदस्यहरु मा बिष्णु कुमार श्रेष्ठ र बलराम श्रेष्ठ निवार्चित हुनुभएको छ ।
कार्यक्रममा नेपाल केन्द्रीय बचत तथा सहकारी संघ का संचालक समितिका सदस्य पार्वती राइको विशेष आतिथ्यता रहेको थियो ।