अकस्मात् इन्धन हाहाकार

Avatar photo
Dhadingpost
शनिबार, भदौ ४, २०७३

धादिङ भदौ ४ –

नेपाल आयल निगमले इन्धन वितरण नगर्दा बजारमा एक दिनमै इन्धनको अभाव देखिएको छ।सार्वजनिक विदा भन्दै निगमले बिहीबार इन्धन वितरण नगर्दा बजारमा चरम अभाव देखिएको खबर राजधानीसहित आज राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकामा मुख्य खबर बनेका छन्।

बजारमा इन्धन अभाव हुँदा शुक्रबार अधिकांश पेट्रोल पम्पमा इन्धन भर्ने उपभोक्ता लाइनमा बसेको थियो।धेरैजसो पम्पमा ‘पेट्रोल छैन’ भने सूचना टाँस गरिएको थियो भने खुलेको पम्पमा पनि पेट्रोल छैन भन्ने सूचना थियो।