सबैले सबैको सम्मान

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ३, २०७३

Sonu Sijapati

हे पुरूष
तिमी जस्तै कसैकी म छोरी हु
जसले मेरो लागि दिन रात पसिना बगाई
मलाई यहाँ सम्म पुर्याउनु भयो
कर्म गर्न सिकाई आफ्नै खुट्टामा उभिन प्रेरणा दिनु भयो ( बाबा)

तिमी जस्तै कसैकी म दिदी हु
मेरो भाई मलाई अथाह माया गर्छ
मेरो हरेक खुशी सुख नै उस्को बाच्ने आधार
मलाई चोट लाग्दा उसलाई बढी दुख्छ
मेरा हरेक चाहना पुरा गर्न तयार छ! ( भाई)

तिमी जस्तै कसैकी म विधार्थी हु
स्कुल जीवन देखि कलेज जीवन सम्म मलाई शिक्षा दिने हरेक शिक्षकहरूले मलाई जहिल्यै राम्रो कुरा सिकाउनु भयो माया गर्नु भयो
राम्रो बाटोमा हिड्न प्रेरणा दिनु भयो॥( शिक्षक)

जागिर खाए अफिस गए त्यहाँ
थुप्रै पुरूष साथीहरू अफिसका
एक अर्काको सम्मान नै भयो
जीवन राम्रो चल्यो जागिरे जीवन
यहा निर पनि पुरूषहरूको संगत गरे
सम्मान नै पाएँ। (अफिसका सरहरू)

थुप्रै पुरूष साथीहरू
अनि थुप्रै दाजु भाईहरू जो
सामाजिक सेवा तिर मेरो जीबन मोडिए पछिका दिनहरुमा भेटिनु भएका
बास्तवमै मलाई माया गर्नु हुन्छ
मेरो उन्नती अनि प्रगतीको कामना गर्नु हुन्छ अनि मलाई परेको ठाऊमा हरपल साथ र
सहयोग गरिरहने बाचा गर्नु हुन्छ र गर्नु भएको पनि छ। (सम्मुर्ण शुभ-चिन्तकहरू)

म चेली पनि हु
आध्यात्मिक क्षेत्रका सम्पुर्ण गुरूहरूको
जसले मलाई असल मान्छे बन्न सदैब प्रेरणा
दिदै ज्ञानको भण्डार मनमा भरिदिनु भएको छ
जीवनमा केही बन्नु पर्छ भनेर हौसला प्रदान गर्दै मेरो उन्नती प्रगतीको कामना गर्नु हुन्छ।(गुरू)

अनि तिमी जस्तै कोही पुरूष,
जो मेरो यादमा आफ्नो सुन्दर भविष्यको
कल्पना गर्दै होला
चिन्दै नचिनी मलाई सोच्दै होला मेरो मायाको सागरमा डुब्दै होला
धेरै माया दिउला अनि लिउला भन्दै
मलाई भेट्ने दिन गन्दै होला॥(जीवनसाथी)

हो म पुरूषहरूलाई सम्मान गर्छु
बाबा,भाई, शिक्षक, साथीभाई, गुरू जीवनसाथी
यी सब पुरूष नै त हुन मेरो जीवन
उहाँहरू सबै विना अधुरो छ
उहाहरूको माया सदैव मेरो बाच्ने अनि अगाडी बढ्ने प्रेरणा हो।

तिमी कस्तो पुरूष हौ ???
मैले जति नाम लिए त्यसमा पर्यौ र??
ठिकै छ परेनौ यदि भने बुझ म
त यति कुरा मै खुशी छु
मलाई यति कुराले पुर्ण बनाएको छ
र बनाउने छ॥मलाई मात्र हैन हरेक नारीको सपना अनि जीवन यही हो।।

मन नचिनेरै घुम्न जाने प्रस्ताव राख्नेहरु एकपटक अाफुवरिपिरका सम्बन्धलाई पनि नियालेर हेर कसैकाे भावनालाई पहिचानेर हेर जसलाई केही भन्न खाेज्दै छाै उसकाे मनभित्र चियाएर त हेर त्हाँ तिम्राे लागि ठाउँ कति छ ?

मलाई या कुनै पनि नारीलाई गलत भाबले हर्न खोज्ने पुरूषहरूको लागि लेखिएको यो मेरो लेख मन परे सम्पुर्णले प्रतिकॄया गर्नु होला॥ जो पुरुष कुनै केटी माथी गलत भाब राख्न नसकोस्।।
र त्यस्ता महान पुरुषहरु जसले सदैब निरीको सम्मान मात्र गर्दछन् साच्नै पुरुष कहलाउन योग्य छन्॥
महत्व छ हरेकलाई हरेकको यहाँ त्यसैले सबैले सबैको सम्मान गरौं॥॥॥