बंगलादेशमा दुई दिने राष्ट्रिय शोकको घोषणा

Avatar photo
Dhadingpost
असार १९, २०७३

धादिङ असार १९,
timthumb (2)
ढाकामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको आक्रमण परि ज्यान गुमाएकाको सम्झनामा बंगलादेश सरकारले दुई दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।
आइएसले शुक्रबार राति राजधानी ढाकाको एक क्याफेमा आक्रमण गरी बन्धक बनाएर २० जनाको ज्यान लिएको थियो।आक्रमणकारीले क्याफेमा आक्रमण गरी त्यहाँ रहेका मानिसलाई बन्धक बनाएर त्यसपछि हत्या गरेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।ज्यान गुमाउनेमा दुई प्रहरी अधिकारीसहित अधिकांश विदेशी नागरिक छन्। घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन्।
आइएस समर्थित ७-८ जना बन्दुकधारीले हिजो साँझ ढाकास्थित ‘होले आरटीसन बेकरी क्याफे’लार्इ आफ्नो कब्जामा लिएका थिए।बंगलादेशी सुरक्षाकर्मीले १२ घण्टापछि उक्त क्याफेलार्इ बन्दुकधारीबाट मुक्त गरेको छ। १३ जनालाई १२ घण्टापछि सकुशल उद्धार गरेको थियो।६ जना बन्दुकधारी मारिएका छन् भने एक जना पक्राउ परेका छन्। उक्त मुटभेटमा दुर्इजना प्रहरीको पनि ज्यान गएको छ।
एक जापानिज र दुर्इ श्रीलंकनसहित सुरक्षाकर्मीले १३ जनाको उद्दार गरेको बिबिसीले बताएको छ।ढाकाको कूटनीतिक नियोगहरु नजिक रहेको उक्त क्याफे विदेशी र स्थानीय मध्यम बर्ग माझ लोकप्रिय रहेको छ।