धुवाँकोटमा किवि, भुँई स्याउ पछि १६५ रोपनी जग्गामा कफि रोपिदै (फोटो फिचर)

Avatar photo
Dhadingpost
बिहिबार, असार १६, २०७३

धादिङ, धुवाँकोट असार १६ । धादिङ जिल्ला धुवाँकोट गा बि स वडा नं १ पात्लेमा १६५ रोपनी जग्गामा कफि सुन्तला र अम्रिसोका विरुवा रोपिने भएको छ ।

भूसंरक्षण जिल्ला शाखा धादिङ र जपान सरकारको सहयोगामा १सय ६५ रोपनी जग्गामा कफि सुन्तला र अम्रिसो गरी ७५ हजार विरुवा रोपिने भएको हो ।

पात्लेमा बिरुवा रोप्नका लागि जपान सरकारको प्रोजेट मेनेजार इमान सोहोङ को उपस्थितिमा बुधबार पात्ले बसीले बैठकबसी राणनितिक छलफल गरि असार महिना मै विरुवा रोप्ने निर्णय समेत गरेका छन् ।

कफि र सुन्तलाको लागि राम्रो हावपानी मिल्ने भए पछि व्यवसायीक रुपमा कफि र सुन्तला तर्फ आकर्षित बनेका पात्लेवासीहरुले कफि लगाउन भने पहिलो पटक जुर्मुराएका हुन् ।

कृषिलाई व्यवसायी र आधुनिकिकरण गर्न केहि वर्ष पहिले देखि नै सुरु भएको पात्लेमा हामी उदाहरणिय काम गरेर देखाउँछौं त्यसका लागि सहयोगि दाता समेत फेलापारेको धुवाँकोटबाट सोम्बोले तामाङले धादिङपोष्टलाई जानकारी दिनु भयो ।

त्यसोत धुवाँकोट पात्लेमा यस अघि नै व्यवसायीक आधुनिक कृषिमा जोड भन्दै शंकर अधिकारीले स्वास्थ्यको लागि लाभदायक फल भुइस्याउ खेती गदै आउन् भएको छ ।

यस्तै खाल्टे गाबिस ९ काउलेमा प्रेम तामाङ र श्रीकृष्ण अधिकारिद्वारा गरिएको ब्याबसायिक किवि खेती उत्साह जनक छ । विरुवा सारेको पहिलो वर्षमै फल दिन थाले पछि पत्लेवासीहरु विकि खेती तर्फ पनि उत्तिकै आकर्षित बनेका छन् ।