यस कारण म नयाँ शक्ति

Avatar photo
Dhadingpost
बुधबार, असार १५, २०७३

नयाँ शक्तिको बहस नेपालको राजनीतिक बजारमा जल्दोबल्दो रुपमा चलिरहेको एउटा नवीन बहस हो । जेष्ठ ३० गते दशरथ रंगशालाबाट ५० औं हजार पार्टी सदस्यहरुलाई सपथ ग्रहण गराउँदै नयाँ शक्ति नेपाल पार्टीको घोषणाले यस राजनीतिक बहसको उचाईं झन् माथि पुर्याएको छ ।
यो बहसलाई आम शोषित पिडित जनसमुदायको बीचमा पुर्याउन आवश्यक छ र पुग्दै पनि छ । सुरुवाती चरणमा बाबुराम भट्टराई र नयाँ शक्तिको बहसलाई गाली गलौज गर्न प्रतिस्पर्धामा उत्रेर डिस्टिङ्शन नै ल्याउन उद्धत अनुदारवादी महानुभावहरुको स्वर मलिन हुँदै गएको छ । सायद ती महानुभावले ईतिहासको आवश्यकतालाई बुझ्दै गएको हुनुपर्छ ।
ब्राम्हाण्डमा रहेका वस्तुको गति र रुपान्तरणको नियमलाई नबुझेर नयाँ शक्ति भन्ने तर पुरानै अनुहार भनेर आरोप लगाउने अराजनीतिक झुण्डहरुको स्वर पनि मोफसलका राजनीतिक बजारमा कमै सुन्न पाइन्छ आजकाल । अब नेपालको राजनीतिमा नयाँ शक्ति बन्छ कि बन्दैन भन्ने होईन, नयाँ शक्तिले के गर्छ ? र नेपालको आर्थिक समृद्धिको सपनालाई कसरी साकार पार्छ भन्ने बहस चल्न थालेको कुरा राजनीतिमा सामान्य चाख राख्नेलाई पनि घाम झै छर्लङ भएको छ । त्यसैले यसको उत्तर नयाँ शक्तिले निकट भविश्य मै दिन्छ र दिनु पर्छ । अनि मात्र यसले उठाएका विषयहरुको सार्थकताको पुष्टि हुनेछ । त्यसैले यसको उत्तर नयाँ शक्तिले निकट भविश्य मै दिन्छ र दिनु पर्छ । अनि मात्र यसले उठाएका विषयहरुको सार्थकताको पुष्टि हुनेछ । नेपालको ईतिहासमा नयाँ शक्तिको बहस विभिन्न कालखण्डमा नचलेका होईनन् तर ती बहसहरुले नेपालको राजनीतिमा खासै मुर्तरुप दिन सकेन, वर्तमान समयमा पनि पूर्व मुख्य सचिव लिलामणि पौडेल देखि रविन्द्र मिश्र हुँदै स्वणिम वाग्ले सम्मले नयाँ शक्तिको वहस चलाएकै छन् । भलै यो पनि वहस देखि वहस सम्मको गोल चक्करबाट मथि उठ्ने सम्भावना देखिदैन । तर विभिन्न चुनौतिहरु र अवरोधका चिनियाँ पर्खालहरुलाई भत्काउँदै र संभावनाका ढोका खोल्दै नयाँ शक्ति नेपाल पार्टीले भने छेटो समय मानैै नेपालको राजनीतिलाई एउटा उचाई हासिल गर्न सफल भएको छ । नेपाली जनताको मत जितेको छ । यस सफलताका कारणबारे तल छलफल गरौं ।
पहिलो कुरा त दर्शनलाई धर्मशास्त्रको रुपमा कण्ठ गर्ने शास्त्रिय मानसिकता बोकेर हिड्नेहरुले नयाँ शक्तिलाई विचार बिहिन पार्टी भनि लगाएका मिथ्या आरोपहरु खारेज गर्दै नीजकत्वकोे भावनाको मात्र कदर गर्ने उदारवाद र सामुहिक नै सबै हो भन्दै रुसमा कम्युनिष्ट शासनमा भद्दा रुपमा प्रयोग गरिएको राज्य नियन्त्रित समाजवाद दुबैले दुनियाँमा देखिएका समस्याको हल गर्न सकेन त्यसैले नीजकत्वकोे भावनाको पनि कदर गर्ने र राज्यबाट पनि नियन्त्रण भएको समाजले मात्र दुनियाँमा रहेको संकटहरुको हल गर्न सक्छ, भन्ने नयाँ शक्तिको धारणा छ । त्यस्तै ब्राम्हाण्डमा रहेका सम्पूर्ण वस्तुहरु विपरितहरुको एकत्वले बनेको हो । तर विपरितहरुको सम्बन्धमा एक अर्कामा निशेध होईन सम्बन्धलाई सन्तुलनमा राखेर मात्र समाजको अहिलेको अवश्यकतालाई पुरा गर्न सकिन्छ भन्दै नयाँ शक्तिले राष्ट्रिय भेलाबाट नै मित्रताको घेरलाई फराकिलो बनाऊ भनेका छौं । सिमित घेरामा रमाउने राजनीतिक दल र नेतृत्वले आर्थिक समृद्धिको नेतृत्व गर्न सक्दैन ।
दोस्रो कुरा नेपालमा जल्दोबल्दो समस्याको रुपमा वेरोजगार, गरिबी, भ्रष्टचार, वेतिथि आदि रहेका छन् । त्यसैले नयाँ शक्तिले अरु चल्तिमा रहेका पार्टीहरु जस्तै आर्थिक समृद्धिको नारा चुनावी नारा मात्र नभई पार्टीको मुल उदेश्य नै आर्थिक समृद्धिलाई बनाएको छ । २५ वर्षमा देशलाई विकसित मुलुकको दाँजोमा पुर्याउन विभिन्न आधारहरु सहितको संकल्प गरेको छ । जसले माथिका समस्याहरुको हल गर्नेछ ।
तेस्रो विषय नेपाली मनोविज्ञनलाई ख्याल गर्दै तीन वटा कलस्टरको विषयलार्ई अगाडी सारेको छ । त्यसैले नेपालीको भावनालाई एककिृत गर्न सक्छ र कमजोर भै रहेको नेपालको आन्तरिक राष्ट्रियतालाई यसले सुदृढ बनाउँछ । यो कुनै पार्टीमा मान्छे जम्मा पार्ने राजनीतिक नारामात्र नभई व्यवहारमा नै पार्टीको आन्तरिक सत्ता देखि राज्य सत्तामा पनि ३ वटै कलस्टरको समानुुपातिक प्रतिनीधित्वले मात्र नेपालमा विभिन्न खाले अन्तरविरोेध र असन्तुलितहरुलाई हल गर्छ । यस कारण पनि नयाँ शक्तिले नेपाली जनताको मन जित्न सफल भएको छ ।
अन्त्यमा, यसले सहभागिता मुलक लोकतन्त्रको एजेन्डालाई अगाडी सारेको छ । जसले अल्पमत, अल्पसंख्यक लोपोन्मुख, असाह्य र उत्पीडित सबैको बिचार भावनाहरुलाई सम्बोधन गर्नेछ । साथै उदयमान् दुई देश चीन र भारतको बीचमा गतिशिल पुलको भुमिकाको रुपमा राष्ट्रियतालार्ई परिभाषित गरेको छ । जहाँ नेपाली जनताको हितमा दुबै देशबाट भरपुर लगानी भित्र्याएर देशलाई आर्थिक अन्तरनिर्भर र समृद्धिको बाटोमा डोर्याउन सकिने यहि नविन एजेण्डा र सोचलाई नेपाली जनताले मनपराएर नै नयाँ शक्तिले छिट्टै उचाई हासिल गर्न सफल भएको छ । म पनि नेपाली जनताका दुस्मनका रुपमा रहेको गरिबी, वेरोजगारी समस्याहरुको हल गर्ने आधार सहितको एजेण्डाको आधारमा नयाँ शक्तिमा क्रियाशिल छु ।
तपार्ईहरु पनि नयाँ शक्ति बन्नुहोस् तपाई हामी एकजुट होऔं, संबृद्धि संम्भव छ, हाम्र्रै पालामा भन्ने नारालाई यथार्थमा बदलऔं ।
हामीले व्यवस्था फेर्न कहिले राणा, कहिले पञ्चायत विरुद्ध त कहिले राजतन्त्रको विरुद्ध लड्यौ, जित्दै पनि आयौं । देशमा गणतन्त्र, धर्मनिरपेक्षता, संघियता, समानुपातिक, समावेशी जस्ता राजनीतिक अधिकारहरु प्राप्त गरि सकेको हौं । तर तपाई हाम्रा अवस्था फेरिएका छैनन्, तपाई हाम्रा दैनिकी फेर्ने भनेको आर्थिक समृद्धिले नै हो । त्यसैले अबको निकास आर्थिक विकास भन्ने मुल नाराको साथ नयाँ शक्ति नेपाल पार्टी तपार्ईहरुको घर आगनमा आई रहेको छ, तपाईहरुको साथ र सहयोगले मात्र नेपाली राजनीतिमा यसले श्रेष्ठता हासिल गर्न सक्नेछ र गरिवी बेरोजगारले आक्रान्त यो मुलुकको मुहार फेर्नेछ तपाई हामी सबैको आर्थिक समृद्धिको सपना साकार हुनेछ । जय नयाँ शक्ति ! ! !
लेखकः नयाँ शक्ति नेपाल, जिल्ला परिषद धादिङको सदस्य हुन् ।