नेपाल भम्रणको लागि सन्नी लियोनी काठमाडौंमा

Avatar photo
Dhadingpost
सोमवार, असार १३, २०७३

धादिङ असार १३0

‘जिस्म–२’ बाट हिन्दी फिल्ममा डेब्यु गरेकी उनले ‘रागिनी एमएमएस २’, ‘सुट वाउट एट वाड्ला’, ‘हेट स्टोरी –२’ लगायतमा अभिनय गरेकीबलिउड अभिनेत्री सन्नी लियोनी नेपाल भम्रणको लागि काठमाडौं आएकी छिन्। मंगलबार हायात होटलमा जिंक भोड्काले आयोजना गर्ने जिंक पार्टीमा सहभागि हुन उनी सोमबार नेपाल आइपुगेकी हुन्।
‘नेपाल भ्रमणमा आउन पाउँदा उत्साहित छु। सबैलाई जिंक पार्टीमा स्वागत छ,’नेपाल भम्रणबारे उनले ट्वीट गर्दै भनेकी छन्। यो उनको तेस्रो नेपाल भ्रमण हो। यसपटक उनी श्रीमान डेनियल वेबरको साथ राजधानी आएकी हुन्।
दुईवर्षअघि पनि उनी दुई दिनको लागि नेपाल भ्रमणमा आएकी थिइन्। त्यसताका उनले स्वयम्भुको भ्रमण गरेकी थिइन्। श्रीमान डेनियल वेबरका साथमा नेपाल आएकी उनले नेपालको तारिफ गर्दै इन्स्ट्राग्राममा फोटो पोष्ट गरेकी छन्। जिंक भोड्काले आयोजना गर्ने कार्यक्रममा अभिनेत्री सन्नीले डान्स प्रस्तुत गर्दैछिन्।