वजेट भाषण पछिको पहिलो दिन नै अर्थ मन्त्रीको राजीनामा माग

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ १६, २०७३

काठमाडौं जेष्ठ १६ । नेपाली काँग्रेसले वजेट भाषण गरेको भोलि पल्टै अर्थ मन्त्री को राजीनामा मागेको छ । वजेट आर्थिक अनुशासन तोडेर ल्याइएकोले कार्यान्वयन हुन नसक्ने निष्कर्ष निकाल्दै काँग्रेसले अर्थ मन्त्री विष्णुप्रसाद पौडेलको राजीनामा माग गरेको हो ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आइतबार बिहान बसेको काँग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बजेटमा कार्यान्वयनका लागि नीतिगत एवम् संरचनागत व्यवस्था नभएकाले कोरा कल्पनामा सीमित हुने ठहर गरेको छ ।

छलफलमा नेताहरु विमलेन्द्र निधि, डा रामशरण महत, महेश आचार्य, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, भरतबहादुर खड्का लगायतले बजेटले मुद्रास्फीति बढाई अर्थतन्त्रलाई डाँमाडोल बनाउने बताए । बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै नेता डा प्रकाशशरणले आकार ठूलो भएको वितरणमुखी बजेटले उल्लेख गरे अनुसारको स्रोत जुटाउन नसक्ने भएकालेु बजेट कार्यान्वयनमा चुनौैती आउने बताए ।

कर्मचारीको तलब वृद्धि र सांसदको कोठा भाडा वृद्धिलगायत विषय राम्रै भए पनि यसले साधारण खर्च बढाउने एवम् महँगी बढ्ने नेताको भनाइ थियो । बजेटमा महँगी नियन्त्रण र उत्पादकत्व बढाउने ठोस आधार नभएकालेु चुनावमुखी, पार्टीगत नारा एवम् सस्तो लोकप्रियताका लागि बजेटमा कार्यक्रम ल्याइएको नेताहरूको तर्क थियो ।