धादिङबेसी बैशाख २९ । कर्मचारी मिलनकेन्द धादिङको आयोजनामा बैशाख २७ गतेबाट सुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता विवाद रहित हुन सकेन ।
उद्योग वाणिज्य संघ धादिङले मनोज भण्डारी, पुकार खतिवडा र भद्रकाली युवा क्लवका टिम क्याप्टन शैलेन्द्र तामाङलाई सेमि फाईनल खेल देखि खेल्न ल्याएको भन्दै सहभागि अन्य टिमले विवाद गरेका थिए ।
व्यवसयीहरुको टिममा गैर व्यवसायी यी तीन जनालाई फुटबल जसरी जित्ने मनासायले उद्योग वाणिज्य संघ धादिङले ल्याएको खेलाडीहरुले आरोप लगाएका छन् । विवादका बावजुत प्रतियोगिता भने उद्योग वाणिज्य संघ धादिङले जितेको छ ।
पत्रकार सँगको सेमीफाईनल खेलमा खेलेका यी खेलाडीको विषयमा चरम विवाद भएपछि अन्ततः फाईनल खेलमा क्लवका टिम क्याप्टन शैलेन्द्र तामाङलाई खेल्न दिईएन । भने प्रमाण पत्र लिन समेत शेलेन्द्र मञ्मा देखिन उचित ठानेनन् ।
पत्रकार महासंघ धादिङले उद्योग वाणिज्य संघ धादिङले मैत्रिपुर्ण खेलको मर्म नबुझेको र आयोजकले समेत खेलाडी नीगरानी नगराएको प्रति आपित्त जनाएको छ । सुरुको दिन देखि सौहार्दपूर्ण रुपमा खेलि रहेको उद्योग वाणिज्य संघले सेमी फाईनल देखि खेलाडी खरिद विक्रिको प्रयोग गरेको समेत पत्रकार खेलाडीहरुले आरोप लगाएका छन् । प्रतियोगितामा उद्योग वाणिज्य संघ धादिङ प्रथम, बैक तथा वित्त संस्था द्वितिय, स्वास्यकर्मीहरु भएका थिए, प्रतियोगितामा ९ समुहहरु सहभागि थिए ।
यस्तो थियो आजको खेल
फाईनल
बैंक तथा वित्त टिमलाई निर्धारित ६० मिनेटको समयमै उद्योग वाणिज्य संघ धादिङले १ का विरुद्ध २ गोल गरी प्रथम भएको थियो ।
सेमी फाईनल
पत्रकार महासंघको टिमलाई उद्योग वाणिज्य संघ धादिङको टिमले निर्धारीत समय ३० मिनेटमा बराबरी १-१ गोल भए पछि ट्राईवेकरमा हराएको थियो ।
लग्गतै भएको तृतिय स्थानको लागि भएको खेलमा पत्रकारको टिमलाई २-१ ले हराई स्वस्थ्यकर्मीहरुको टिम विजेता बनेको थियो ।