धादिङबेसी बैशाख २९ । कर्मचारी मिलनकेन्द धादिङको आयोजनामा बैशाख २७ गतेबाट सुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाईनल खेल आज बेलुका ५ बजे हुने भएको छ ।
हिजो साँझ भएको सेमी फाईनल विजेता बैकर टिम र आज बिहान भएको सेमीफाईल खेल बिजेता उद्योग वाणिज्य संघ धादिङ बीच आज साँझ ५ बजे फाईनल खेल हुन लागेको हो ।
हिजो स्वास्थ्य कर्मीहरुको टिमलाई हराउँदै बैंकरले १-० ले हराएका थिए भने आज पत्रकार महासंघको टिमलाई उद्योग वाणिज्य संघ धादिङको टिमले निर्धारीत समय ३० मिनेटमा बराबरी १-१ गोल भए पछि ट्राईवेकरमा हराएको थियो ।
लग्गतै भएको तृतिय स्थानको लागि भएको खेलमा पत्रकारको टिमलाई २-१ ले हराई स्वस्थ्यकर्मीहरुको टिम विजेता बनेको थियो ।
पत्रकारको टिम सँग सेमी फाईनल खेलमा उद्योग वाणिज्य संघ धादिङले एन्फाका गैर व्यापारी खेलाडी खेलाएको आरोप आएपछि आज बेलुका हुने फाईनल खेलमा टिम दर्ता गर्दा टिपाएको नाम बाहिरका खेलाडीलाई खेल्न नदिने आयोजकले जनाएको छ ।