पत्रकारले जित्यो, मैत्रिपूर्ण फुटबल प्रतियोगिता

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २४, २०७३

धादिङबेसी बैशाख २४ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा धादिङबेसीमा कर्मचारी र पत्रकार बीच मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा सम्पन्न भएको छ ।

धादिङ जिल्लाका सरकारी कर्मचारीको टिम र पत्रकारको टिमबीच आज बिहान भएकोे प्रतियोगिता पत्रकारको टिमले ३–२ को गोल अन्तरले जित हात पार्यो ।

खेलको पहिलो हाफमा रेडियो बिहानीका पत्रकार ओम लामाले गोल पहिलो गोल गरेका थिए । पत्रकारको टिमले गोल गरे लगत्तगरेको २ मिनट पनि नवित्दै कर्मचारीको टिमका राजन भण्डारीले गोल फर्काएका थिए । त्यस्तै कर्मचारीको टिम नै निरज विष्टले १ गोल थप गरी कर्मचारीको स्कोरलाई २ गोल बनाएका थिए ।

यसै गरी खेलको ५०औं मिनेटमा र अन्तिम २ मिनेट बाँकी हुँदा गोरखापत्र दैनिकका धादिङ प्रतिनीधि मुरारी अधिकारीले २ गोल गरी पत्रकारको टिमलाई ३ गोल बनाई जित्न महत्वपूर्ण योगदान गरेका थिए ।

कर्मचारीका तर्फबाट सिडियो विश्वप्रकाश सुवेदी, स्थानिय विकास अधिकारी भगवान अर्याल र पत्रकारहरुको टिममा, पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारी, क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष नारायण सिलवाल, रेडियो बिहानीका स्टेशन म्यानेजर ठाकुर गुरुङले पनि खेलमा सहभागिता जनाएका थिए ।

आज विशेष दिन हो पत्रकारिता दिवस, यो दिन पत्रकारले हार्न हुँदैनथ्यो त्यहि भयो कर्मचारी तर्फका खेलाडी भोला गौतमले खेल सकिए लगत्तै धादिङपोष्टलाई बताउनु भयो ।

हामी पत्रकार लेख्न बोल्न मात्र हैन खेल पनि आफ्नो जीवन भएको र खेलकुद पत्रियोगिता हुँदा पत्रकारहरुको टिमलाई सहभागि गराउन आग्रह गर्नु भयो पत्रकार टिमका क्याप्टेन तथा रेडियोबिहानीका स्टेशन म्यानेजर ठाकुर गुरुङले ।