पत्रकार र कर्मचारी बीच मैत्रिपूर्ण फुटबल खेल भोली

Avatar photo
Dhadingpost
बैशाख २३, २०७३

धादिङबेसी बैशाख २३ । धादिङबेसीमा पहिलो पटक सरकारी कर्मचारी र क्रियाशिल पत्रकार बीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता भोली बिहान हुँदैछ ।

प्रथम राष्ट्रिय पत्रकारिता दिवस, २०७३ को अवसरमा भोली बैशाख २४ गते विहान ७ बजे मैत्रिपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रथम राष्ट्रिय पत्रकारिता दिवस, २०७३ जिल्ला समारोह समितिको निर्णय अनुसार आज २०७३ विहान ७ बजे जिल्ला अस्पताल धादिङमा भर्ना भई उपचार गराईरहेका विरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।