व्यवसायीक किसानलाई पेन्सन हुुनु पर्ने -मन्त्री गजुरेल

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १२, २०७३

कृष्ण रानामगर,
धादिङ फुलखर्क वैशाख १२ । कृषि पेशामा संलग्न भएका किसानहरुलाई सरकारले पेन्सनको ब्यबस्था गर्नु पर्ने नेपाल सरकारका माननीय कृषि मन्त्री हरिबोल गजुरेलले बताउनु भएको छ । किसानहरुको हक हितको सुनिश्चित गर्न र कृषि पेशालाई मर्यादित बनाउन पेन्सन आवश्यकता रहेको उहाँले बताउनु भएको हो ।

राजनीति कै कारणले गर्दा किसानहरुले अहिले कृषि पेशा प्रति अन्योल भएको बताउनु भएको छ । फुलखर्क कल्याणकारी समाज र मण्डली उमावि कृषि प्राविधिक शिक्षालयले फुलखर्क २ मुन्टारीले आयोजना गरिएको हाम्रो पौरखीको स्मृतिमा निर्मित भुकम्प स्मृति स्तम्भ र नमुना कृषि फम मन्त्री गजुरेलले उद्घाटन गर्नुभएको थियो ।

२०७२ साल बैशाख १२ गते गएको विनासकारी भुकम्पबाट फुलखर्क गाविसमा २७ जनाको ज्यान गएको थियो । उनीहरुको सम्झनामा उक्त स्तम्भ बनाएको थियो । फुलखर्क गाविसका नमुना कृषि फार्मका सञ्चालक पर्यटन ब्याबसायि ज्योति अधिकारीको फार्म उन्नत जातका भैंसी, गाई, बाख्रा आदि रहेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश सुवेदी, जल्ला शिक्षा अधिकारी रेणुका पाण्डे, बरिष्ठ कृषि विकास अधिकृत महेन्द्र्र कौडाल, एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष राम बहादुर भण्डारी लगायत विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।