चीनले बनायो शक्तिशाली मिसाइल ३० मिनेट पनि नलाग्ने अमेरिका ध्वस्त हुन

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १०, २०७३

एजेन्सी बैशाख १० । विश्व व्यापी रुपमा आफ्नो हैकम जमाई रहेको अमेरिकालाई च्यालेन्ज बनेको छ चीन । एक एजेन्सीका खबर अनुसार चीनले विश्वकै सबैभन्दा शक्तिशाली र लामो दुरीसम्म मार हान्न सक्ने मिसाइलको सफल परीक्षण गरेको छ । दोङफेङ्ग(४१ नामको यो मिसाइलले केबल ३० मिनेटमै १४ हजार किलोमिटर सम्म सजिलै धावा बोल्न सक्छ । अर्थात् पुरै अमेरिकालाई ३० मिनेट मै स्वाहा पार्न सक्छ ।

यो मिसाइलबाट यूरोपदेखि लिएर अमेरिकाका कुनै पनि स्थान या सहरमा चीनले सजिलै धावा बोल्न सक्षम हुनेछ । यो मिसाइल ३० मिनेटमा १४ हजार किलोमिटरसम्मको दुरीमा विध्वंश मच्चाउन सक्षम रहेको छ । पेन्टागनलाई उधृत गर्दै ’वासिङ्गटन फ्री बीकन’ नामको वेबसाइटले जनाए अनुसार अमेरिकन स्याटलाइट र क्षेत्रीय सेन्सरले चीनको मिसाइल परीक्षणका क्रममा आणविक हतियारलाई डिटेक्ट गरेको हो ।

चीनको यो मिसाइल ब्यालेस्टिक मिसाइल जेएल(२ भन्दा सयौं गुणा खतारनाक भएकाले यो परीक्षणलाई अमेरिकाले आफूमाथिको ठूलो खतराकारुपमा लिएको छ ।

अघिल्लो साल ६ अगस्तमा चीनले दुई डमी परमाणु हतियारसहित डीएफ(४१ मिसालइलको परीक्षण गरेको थियो । समाचार अनुसार अघिल्लो साल ५ डिसेम्बरमा चीनले डीएफ(४१ लाई रेलबाट सफल परीक्षण गर्न सफल भएको थियो ।

चीनका राष्ट्रपति सी जिनपिङ्गले अहिले देशमाथि पूरै आफ्नो नियण्त्रण जमाएका छन् । बिहीबार उनले आफूलाई चिनियाँ सेनाको कमान्डर इन चीफ पनि घोषित गरेका छन् ।