गंगालाल गुरुङ, चैत्र २९ पोखरा । आफ्ना पाँच प्रतिस्पर्धीलाई पछि पार्दै दाङका सचिन पाखरेलले गायन तर्फ तेस्रो गोल्डेन आईडलको उपाधि जितेका छन् ।
शनिबार साँझ पोखरा सभागृहमा सम्पन्न गोल्डेन आईडलको तेस्रो शृङ्खलामा सचिन र वर्षा तेस्रो गोल्डेन आईडल उपाधि सहित एक लाख रुपैयाँ र आफ्नो स्वरमागीत रेकर्ड गर्ने अबसर जिते ।
राष्ट्र भावनाले ओतप्रोत एउटा गीत र स्तुपिड मनको गीततिम्रो आँखा…मा प्रस्तुत गरेर उनले आफ्ना अरु पाँच प्रतिस्पर्धीलाई जितेकाहुन् ।
गोल्डेन स्टार मल्टी मिडियाद्धारा आयोजित सो प्रतियोगितामा नृत्य तर्फ भने दाङ घोराहीकी १३ वर्र्षीया वर्षा लम्साल बिजेता बन्न सफल भईन् । अन्तिम प्रतिस्पर्धामा उनले छोरी भएर जन्मनुको पीडालाई नृत्य मार्फत प्रस्तुत गर्दा निर्णायक टोली सहित दर्शक समेत स्तव्ध भएका थिए ।