ग्रामीण विद्युत् सहकारीको दोस्रो साधारणसभा सम्पन्न

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १३, २०७२

SsASsकृष्ण रानामगर,
धादिङ फुलखर्क चैत्र १३ । चेतनशील ग्रामीण विद्युत् सहकारी सँस्था फुलखर्क धादिङको दोस्रो साधारणसभा सम्पन्न भएको छ।
सँस्थाको अध्यक्ष बल बहादुर अधिकारीको अध्यक्षता र धादिङको पूर्व उपसभापति बेग बहादुर अधिकारीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा गाविस भरिका विभिन्न राजनीतिक दलका दलिय प्रतिनिधिहरु ,सँघसँस्था र विद्यालयका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
गाविसमा केन्द्रीय बिद्युत लाइन बिस्तार गर्ने हेतुले स्थापना भएको यस सँस्थामा १०८७ जना शेयर सदस्यहरु रहेको छन ।यस सहकारीमा कुल पुजी रु ५१ लाख ३८ हजार तीन सय छैसठ्ठी रुपैयाँ रहेको छ भने नेपाल सरकारको १० र ९० कार्यक्रम अन्तगर्त स्थानीयको १० ५ र नेपाल सरकार को ९० ५लगानी गर्ने अन्तर्गत यस सँस्थाले रु ३८ लाख ५४ हजार तीन सय पचपन्न रुपैया धरौटी जम्मा गरेको छ।हाल रु ९लाख ८७ हजार आठ सय ७३ रुपैया बचत रहेको छ ।
यस सँस्थाले वाइवा कन्स्ट्रक्सन कम्पनीलाई रु ३ करोड ५५ लाख ७४ हजार छ सय छब्बीस रुपैयाँमा ठेक्का दिइएको छ ।यहीँ २०७३ साल जेठ को पहिलो सातासम्म फुलखर्क केन्द्रीय विद्युत् लाइन बिस्तार गरि बत्ती बाल्ने लक्ष्य रहेको छ ।