फेसबुक अभियानबाट आग्रा, गोगने, डाँडाखर्कमा एम्बुलेन्स

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ६, २०७२

मकवानपुर चैत्र ६ । मकवानपुरको दुर्गम गाबिसको रुपमा चिनिने आग्रा, गोगने, डाडाखर्क गाबिसबाट एम्बुलेन्स सेवा सञ्चालन भएको छ । करिब एक बर्ष अगाडि सुरु गरिएको आग्रा, गोगने, डाँडाखर्क एम्बुलेन्स खरिदको लागि रकम संकलन फेसबुक अभियानबाट संकलित रकमबाट एम्बसुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बि।क।ले शुक्रबार एक कार्यक्रमका बीच एम्बुलेन्सको औपचारिक रुपमा उद्घाटन गनुभएको थियो ।
एम्बुलेन्स खरिद अभियानका संयोजक शुभराज गोलेको सभाध्क्षतामा भएको कार्यक्रममा राडो नेपाल मकवानपुर अध्यक्ष कृष्ण धिताल, जनकल्याण उच्चमाबिका प्राचार्य सानोभाई कार्की, सुन्दरी देबी माबिका प्रधानाध्यापक प्रताप सिं गोले लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । एम्बुलेन्स खरिद एउटा उदाहरणीय काम भएको स्थानिय सुजिन्द्र गोलेले बताएका छन् ।
एम्बुलेन्स खरिदकालागि रकम संकलन अभियानका संयोजक गोलेले बर्तमान समयमा फेसबुकको सही सदुपयोग गरि एम्बुलेन्स खरिद गर्नको लागि सहयोग गर्नुहुने सम्पूर्णमा आभार प्रकट गरेका थिए ।
कार्यक्रममा स्थानिय कलाकार, संवाद किशोरी केन्द्र , संगै कलाकारहरु रजनी थिङ, मुक्तिनाथ उप्रेती, थाहा कला केन्द्र र नवछितिज कला केन्द्रका कलाकारहरुले समेत विभिन्न किसिमका मनोरञ्जनात्मक तथा सन्देशमुलक प्रतिभाहरु प्रस्तुत गरि कार्यक्रमको शोभा बढाएको थियो ।