पुरानोको नक्कल गरेर कसरी नयाँ शक्ति बन्छ डा. साब ?

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ४, २०७२

सुन्दर डल्लाकोटी,
12324950_206581726366388_457048339_n बि.स २०५२ सालमा तत्कालीन प्रधानमन्त्री शेर बाहादुर देउवा समक्ष ४० सुत्रिय माग पेश गर्दै फाल्गुन १ गतेबाट जनयुद्धकाे शंखघाेस् गरेका महारथी प्रचण्ड सँगै बाबुराम पनि हुन् । त्यही जनयुद्धकाे राखतापबाट जन्मिएकाे संविधानसभा ,गणतन्त्र, धर्म निरपेक्षकता, संघियता, समानुपातिक समावेशी सहितको संविधान निर्माण पश्चात पुराना घरलाई थाेत्राे र भत्किएको संज्ञा दिदै नयाँशक्तिकाे नाम जप्दै पाटी र संविधानसभा बाट झण्डै ६ महिना अगाडि उनी बाहिरीए । हिसिला यामी ,देवेन्द्र पाैडेल,गंगानारायण श्रेष्ठ जस्ता अाफ्ना भक्तलाई त्यही छाेडेर गए ।
देवेन्द्र पाैडेलले सार्वजनिक रुपमा प्रचण्डले अध्यक्षबाट राजिनामा दिए बाबुराम फर्किन्छ भनेर अभिब्यक्ति गर्दै हिडे तर याे पाली खासै वास्था गरेन्न प्रचण्डले त्यसपछि लाजले अाफ्ना सबै भक्तहरुलाई ए माअाेवादी छाेडेर अाउन अाग्रह गरे तर त्यस अाग्रहलाई अस्विकार गर्दै दाेप बाहादुर राईमाझी , बालकृष्ण ढुङगेल ,देवि खड्का लगायतका नेताहरुले बाबुरामकाे याे कदम गलत हाे ,हामी तपाईलाई साथ दिदैनाै भने ।
यता भारतले भने झै संविधान निर्माण नभएकाले रुष्ट भएका भारतले एकतर्फी नाकाबन्दी लगाईदियाे । त्यसैलाई सिढी बनाएर कहिले मधेश ,कहिले पश्चिम त कहिले सुदुरपश्चिममा त्याे संविधान जुन अाफु संवैधानिक समितिका संयाेजक भएर अाफुले हस्ताक्षर र मतदान गरेर निर्माण गर्याे त्यलाई संस्थागत गर्नुकाे सट्टा त्यसकाे बिराेधमा धाए यिनी । यसै दाैडान सत्ता साझेदारी दल र ए माअाेवादीले संविधान संशोधन गर्ने भनेर जनाएपछि भारतले नाकाबन्दी खाेल्न लागेपछि रातारात उहाँ भारत प्रस्थान भए । अन्ततः मधेसी माेर्चा र यिनका कर्तुतले गर्दा नेपाली जनताले नाकाबन्दीकाे चपेटामा परिनै राखे । यता बाबुरामले नयाँशक्तिकाे विस्तार तिर लागे । त्यस अभियानमा करिश्मा मान्नधर , सराेज खनाल , अशाेक शर्मा ,रामेश्वर खनाल ,हिजाे बाबुरामलाई बाख्रा गाेठालाे भन्दै सराप्ने ,जनयुद्धकाे बेलाकाे भगाैडा मुमाराम देखि अाज सम्म अाउदा युनिटी सञ्चालनकाे नाम धेरैकाे पैसा खाएर भागेका फरार अभुयुक्त पनि समावेश छन् ।
नयाँ साेच,नयाँ बिचार,नयाँ नेतृत्व भनेकाले किन माअाेवादी कै भुगाेल संरचना अनुसार राज्य संरचना अनुसार जिम्मेवारी बाटफाट गर्याे ? प्रचण्ड प्रशिक्षणकाे लागि के गाेरखा जानुभएकाे बेला हजारौं क्रन्तिकारी जनसमुदायहरु उहाँको स्वागतका लागि बसेकाे देखेर यिनका निद हराम भयाे र बर्वराउन थाल्याे र गाेरखाबाट अबका निर्वाचनमा उठन चुनाैती दिन थाल्याे । के खाेप्लाङमा जन्मे कै अाधारमा गाेरखा बाबुरामकाे मात्र हाे ? गाेरखाली क्रन्तिकारी जनसमुदायले दिएकाे मतलाई लत्ताएर संविधानसभाबाट राजिनामा दिएकाे कहिले भुल्नेवाला छैनन् । सधैं नियमित श्रमजीवी जनताकाे पक्षमा लड्ने युद्ध मैदानमा छाेरा गुमाएका हितराज पाण्डे क.उत्तम पनि गाेर्खाली नै हुन भन्नेकुरा बिर्सिएका हुन कि उहाँले र प्रचण्डकाे राजनितीक कर्मभुमी गाेर्खा हाे भन्नेकुराकाे हेक्का नभएकाे हाेकी । हिजाे तपाई ए माअाेवादीमा हुदा तपाईले नै बनाउनु भएकाे गुठ अनुसार तपाईकाे पक्षमा गाेरखाली जनसमुदाय र कार्यकर्ता २० प्रतिशत मात्र तपाईंको पक्षमा भएकाे कुरा बिर्सनुभयाे ? गाेर्खाली क्रन्तिकारी जनसमुदाय सधैं परिवर्तनकाे पक्षमा लड्ने गर्छन् ।
हामी माअाेवादीहरुले जनयुद्ध दिवसलाई बलिदानीकाे दिन ,युद्धकाे शंसघाेष गरेकाे दिनकाे रुपमा मनाउछाै तर उहाँले छाेरी मानुषीकाे बिबाह समारोह र भाेजभतेरकाे रुपमा मनाए फाल्गुन १ लाई ,अझ हुदाहुदै अाज त हाम्रो पवित्र संगठन YCL काे झण्डालाई अाफ्नाे झण्डा बनाउने रे ? के बुझेका छन् हाम्रो तारा अंकित झण्डालाई ? याे झण्डा १७ हजार युवाकाे रगतबाट संञ्चित माक्र्सवादी क्रन्तिकारी युवाहरुकाे प्रतिक हाे ,कुनै २ घण्टा सम्म सामुहिक रुपमा मजा लिएर वहाँ वहाँ भन्नेहरु सँग बच्न छाेप्ने टालाे हाेईन् । कतिदिन गर्नुहुन्छ यस्ता गतिविधिहरु ? के यहीँ तपाईंको नयाँशक्ति ? के यहीँ हाे तपाईंको पुजिवादकाे यात्रा ? साच्चिकै अाजबाट लाग्न थाल्याे मलाई तपाईले बाेडफस्ट र पि.एच.डी चाेरेरै पास गरेका हुन । क.लेलिनले भन्नुहुन्थ्यो “जाे मान्छेले गल्ती गर्दैन त्याे मान्छे पनि हाेईन ,तर जाे मान्छेले गल्ती दाेहाेराउछ त्याे झन मान्छे हाेईन । ” तपाईले कति चाेटी गल्ती गर्नुभयाे हामीसँग सबै हिसाबकिताब छ,सजाय समयले नै दिनेछ ।
अबकाे युवा पिडीले तपाई र राजनीतिकबाट के अपेक्षा गर्ने ? धेरै पढेलेखेका बिद्वानहरु घमण्डी ,अात्मसुरक्षाबादी ,सस्तो लाेकप्रियताबादी ,पदलाेलुपताबादी हुन्छन् भनेर बुझने हाे तपाई बाट ? प्रचण्ड राजनेता भए तपाई धेरै पढेलेखेका मान्छे दाेश्राे बरियादाकाे नेता भएकाे ईष्शाले हाेईन् तपाईंले याे श्रृङखला शुरु गर्नुभएकाे ? एकदिन अवश्य तपाई सँग शहिद परिवार ,बेपत्ता परिवार ,अपांगहरुले हिसाबकिताब खाेज्नेछन् ? शहिदकाे रगतले एकदिन अवश्य पिराेल्ने छ डाक्टर साहेब ?
सुन्दर डल्लाकाेटी (क.विवस)
हाल मलेसिया