भारत बिहार फागुन १९। भारतको बिहारमा करिब ११ सय परीक्षार्थीलाई कपडा खोल्न लगाएर परीक्षामा सामेल गराइएपछि विवाद सुरु भएको छ ।
सेनामा भर्तीका लागि आवेदन दिएका युवाहरुलाई लिखित परीक्षामा कपडा खोल्न लगाएर सामेल गरिएको हो । भारतीय रक्षा मन्त्रालयले सेना प्रमुखसँग यसबारे स्पष्टिकरण मागेको छ । भारतीय संचारमाध्यमका अनुसार परीक्षार्थीहरुलाई चिट चोर्नबाट रोक्नका लागि सेनाले कपडा खोल्न लगाई परीक्षामा सामेल गरेको हो ।
सेनाका अधिकारीहरु भने परीक्षामा चिट चोर्ने घटनामा बृद्धि हुँदै गएको भन्दै सबैलाई खानतलासी गरेर परीक्षा हलमा प्रवेश गराउँदा समय लाग्ने भएकाले कपडा खोल्न लगाएर परीक्षामा सामेल गराइएको बताएका छन् ।