धादिङबेसी । एमाओवादीले हरेक बर्ष फागुन १४ देखि २१ गते सम्मलाई सहिद सप्ताहको रुपमा मनाउँदै आएको छ । यस अन्तर्गत आइतबार धादिङको निलकण्ठ नगरपालिका २ चैनपुरमा सहिद स्मृति भवनको सिल्यान्यास कार्यक्रम सम्पन्न गरेको छ ।
सहिद स्मृति भवन निमार्ण समितिका अध्यक्ष जनयुद्धका सहिद हिरा बहादुर बस्नेतकी जिवसंगिनी पदम कुमारी बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका अध्यक्ष रामबहादुर भण्डारीले भवनको शिलान्यास गर्नुभएको हो ।
भवन निमार्णका लागि निलकण्ठ नगरपालिकाबाट रु तीन लाख पचास हजार, र रविन्द्र प्रताप शाहको कोषबाट १ लाख ५० हजार रकम विनियोजन गरिएका छ । त्यस्तै भवन निमार्णको लागि सहिद हिराबहादुर बस्नेतका छोरा विपिन बस्नेतबाट ५० हजार र अन्यबाट १ लाख रुपैयां रकम संकलन भएको कार्यक्रममा जानकारी गराईएको थियो ।
कार्यक्रममा एकिकृत नेकपा माओवादी जिल्ला समिति धादिङका सचिप विजय बुर्लाकोटी, सह सचिव मनराज भण्डारी शैलेस, सहित अक्कल बहालुर भण्डारी, पार्टीका संयोजक तेज बहादुर भण्डारी लगायतको सहभागिता रहेको थियो ।