कृष्ण बहादुर लामिछाने,
गोरखा फागुन १२ । गोरखाको तान्द्राङ गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिएको छ ।
गाविस खोप समन्वय समिति तान्द्राङ गोरखाको आयोजनामा भएको एक कार्यक्रमका बीच जिल्ला जनस्वास्थ्य कार्यलय गोरखा र सेभ द चिल्डे«न स्वरा सगन विकास केन्द्र गोरखा गोरखाले तान्द्राङलाई पूर्ण खोप गाविस घोषणा गरेको हो ।
गोरखा जिल्लालाई सन् २०१६ सम्म पूर्ण खोप युक्त जिल्ला घोषणा गर्ने लक्ष्य अनुसार तान्द्राङ गाविसका १२ महिना भन्दा माथि २३ महिना उमेर पुगेका सबै बालबालिकाले पाउनु पर्ने पुरै खोप पाएको प्रमाणित भएकोले तान्द्राङ गाविसलाई पूर्ण खोप युक्त गाविस घोषणा गरेको हो । गाविस खोप समन्वय समिति तान्द्राङका अध्यक्ष गोपाल कृष्ण सुवेदीको अध्यक्षता प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटका डाक्टर तेधेस श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विभिन्न सं कार्यक्रममा विभिन्न सं÷संस्थाका प्रमुख, विभिन्न राजनीतक दलका प्रतिनिधिहरु, आमा समुहका प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु,समाजसेवी बुद्धीजिविहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रममा चर्चित कलाकारहरु बल्छि धु्रवे , मरिचमान श्रेष्ठको हाँस्य प्रस्तुतीका साथ स्थानिय कलाकारहरुको बिजोड प्रस्तुती रहेको थियो