हिरो हाफ म्याराथनको दोस्रो उपाधि धादिङका शंकरले जिते

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ८, २०७२

धादिङबेसी फागुन ८ । कान्तिपुर पब्लिकेशनले आफ्नो वार्षिको उपलक्ष्यमा गर्ने हिरो हाफ म्याराथनको दोश्रो उपाधी धादिङका शंकरमान थापाले जित्नु भएको छ ।

धादिङ नीलकण्ठ नगरपालिका पौवा घर भएका थापाले कान्तिपुर पब्लिकेसन्स परिसर तीनकुने काठमाडौंबाट सुरु भएको हाफ म्याराथन कोटेश्वर, भक्तपुरको सल्लाघारी, सूर्य्विनायक, जगाती हुँदै पुनः पब्लिकेसन्स परिसरमा २१.१ किलो मिटिरमा दोस्रो हुनु भएको हो ।

पेशाले भारतिय बहालवाला सेना भए पनि घर विदामा आएको थिए, कान्तिपूरले खेल आयोजना गरेकोले विना तयारी सहभागि हुदा पनि दोस्रो स्थान पाउदा अत्यन्त खुसी लागेको छ, धादिङपोष्ट लाई थापाले बताउनु भयो । यस्तै नेपाली सेनामा कार्यरत धादिङ फुल खर्कका हरिकुमार रिमाल चौथो हुनु भएको थियो ।

म्याराथनमा नेपाल एपीएफ क्लवका गोपीचन्द्र पार्की ले शंकरमान थापालाई उछिन्दै प्रथम भएका थिए ।