सिरियामा मिसाईल आक्रमण ५० जनाको मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ४, २०७२

एजेन्सी फागुन ४ । युद्धग्रस्त सिरियामा मिसाईल आक्रमण ५० जनाको मृत्यु भएको छ । केही अस्पताल र विद्यालयमा भएको मिसाइल आक्रमणमा ५० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
मारिनेमा बालबालिका बढी रहेका छन् । संयुक्त राष्ट्र संघका अनुसार सिरियाको एलेप्पो शहर र इदलिब प्रान्तका ५ वटा अस्पतालमा र दुई विद्यालयमा आक्रमण भएको वीवीसीले लेखेको छ । आक्रमणमा सय भन्दा बढी घाइते भएका छन् ।
राष्ट्र संघले यो आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेको छ । केही सामाजिक कार्यकर्ताले भने यो आक्रमण हुनुमा रुस जिम्मेवार रहेको आरोप लगाएका छन् । तर आक्रमण कसले गरेको हो भन्ने पुष्टि भएको छैन ।