धादिङबेसी माघ २९ गते । यस बर्षकोे पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको सत्यवती उच्च माध्यमिक विद्यालय कुम्पुरले जितेको छ ।
स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ विहिबार देखि धादिङबेसीमा खेलाइएको सबै खेलहरुको अंक स्कोरिङको आधारमा १ सय ६८ अंक ल्याई उपाधि सत्यवती उच्च माध्यमिक विद्यालयले जितेको हो ।
प्रतियोगीतामा बद्री विशाला उमावि बुढाथुम १ सय २७ अंक ल्याई द्धितीय र रानी पौवा मावि ८० अंक ल्याई तृतीया भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय भएका विद्यालयलाई खेल समापन समरोहका प्रमुख अतिथि नेकपा एमालेका नेता राजेन्द्र प्रसाद पाण्डेले क्रमश नगद १५ हजार, १२ हजार, ९ हजार सहित शिल्ड, कप, मेडल र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
धादिङका ३ निर्वाचन क्षेत्र स्तरको प्रतियोगीतामा उत्कृष्ट भएका विद्यालयहरु छनोट गरी जिल्लास्तरीय प्रतियोगीतामा सहभागीता गराइएको थियो ।
विभिन्न विधाको खेल मध्य धेरै अंक आउने खेल मध्य भलिबल छात्र तर्फ तामाङ खर्क उच्चमावि गुम्दी र छात्रा तर्फ वागेश्वरी उच्चमावि वैरनी प्रथम भएका थिए ।