सहकरी संघ धादिङको सचिवमा सहमति हुन सकेन को कोले दिए उम्मेदवारी

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २९, २०७२

बद्री अधिकारी, धादिङबेसी माघ २९ गते । धादिङ जिल्ला सहकरी संघ लि.को १६ औं बार्षिक साधारण तथा अधिबेशनमा सचिव पदको आकाक्षी ४ जना भए पछि सहमति जुट्न सकेको छैन ।
आजको अधिवेशनले अरु सबै पदको लागि सहमति जुटाए पनि सचिव पदको आकाक्षी धरै भए पछि माघ ८ गते चुनाव हुने गरि अधिवशन स्थगित भएको छ ।
सचिव पदको लागि पूर्व कोषाध्यक्ष विष्णु रिजाल, राजेन्द्र बस्नेत, सितादेवी खनाल र रमेश दाहालले दावी गरे पछि निर्वाचन हुने गरि अधिवेसन स्थगित भएको हो ।
अधिवेशन राष्ट्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नु हुँदै कडेलले सरकारले सहकारीको ३ खम्बे नीतिलाई अस्वीकार गरेको प्रति दुःख ब्यक्त गर्नु भएको छ । यसै गरी जिल्ला भर अधिकांश सहकारीहरुले सहकारीको ऐन कानुन र सिद्धान्तको बारेमा अध्यायन गरी अगाडि बढ्न आवश्क रहेको समेत बताउनु भएको थियो ।
२०५४ सालमा स्थापना भएको यस धादिङ जिल्ला सहकारी संघ लि.ले ५ वटा विषयगत संघ निमार्ण गर्दै विभिन्न यस संघमा आबद्ध हुने संघ संस्था १ सय ८१ पुगेको छ भने जिल्लमा दर्ता भएको सहकारीको संख्या भने ४ सय १५ रहेका छन् ।
कार्यक्रममा धादिङ जिल्ल सहकारी संघ लिमिटेडका कोषध्यक्ष विष्णु प्रसाद कोइराला, सचिव शान्त बिक्रम बाँनियाले आर्थिक बर्ष २०७१-०७२मा सम्पन्न, प्रगति प्रतिवेदन, आर्थिक बर्ष २०७२-७३ को प्रस्तावित कार्यक्रमहरु, बजेटहरुको बारेमा आर्थिक प्रतिवेदनहरु पेश गर्नु भएको थियो ।
कार्यक्रममा तरकारी तथा फलफुल संघ धादिङका अध्यक्ष टिका नाथ कडेल, बहुउद्धेश्य सहकारी संघ लि. का एक राज पाण्डे, बिभिन्न गाविस तथा नगरपालिका सहकारी संघका प्रतिनिधिहरु, कार्य समिति सदस्यहरुको सहभागिता रहेको थियो ।