धादिङ माघ २७ । उसुमा नेपालले आज ६ रजत पदक जितेको छ । खेलाडीहरु हरिप्रसाद गोले, सविता राई, झरना गुरुङ, जुनी राई, विन्दु पुन मगर, राजेश चौधरीले १२औं दक्षिण एसियाली खेलकुद (साग) मा आज रजत पदक जित्नु भएको हो ।
स्वर्णका लागि प्रतिस्पर्धा गरेका ६ जनाले नै रजतमा चित्त बुझाउनुपरेको हो । यससँगै सागको उसुका प्रतियोगिताहरु सकिएका छन् । प्रतियोगितामा नेपालले अहिलेसम्म एक स्वर्ण, ११ रजत, र १५ कास्य गरी २७ पदक जितेको छ ।