पुनर्जीवित छेची र मेरो सन्दर्भ

Avatar photo
Dhadingpost
बुधबार, माघ २७, २०७२

गोपाल फ्यूवा, फ्युबाजी, सर्लाही । ती दिनहरू सम्झन्छु सानैमा आमाको हात समाईकन छेची हेर्न गएको । अझ किशोरवयमा नाचगान समेतलाई प्रश्रय दिई प्रायोजित छेची मान्दा मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइ देउन बोलको गीतमा नाचेको । युवा हुदा द्वन्दले चरमरुप धारण गरिसकेको बहानामा छेची नमान्न उक्साएको भरमा छाडे । पछि छेची मान्ने स्थान पाइएन मुद्दा उठाउनेहरूले बिचैमा त्यागे वा धार्मिक इस्यु बनाए । तामाङ लोकसाहित्यप्रतिको लगाब बढ्दै जादा मौखिक अभिब्यक्तिको अभिनयात्मक प्रस्तुतिको एकिकृतता छेचीमा भेटियो । तामाङ अनुसन्धान विभागको प्रतिवेदन २०६४ मा छेची समेटियो ।
हराइसकेको एउटा मौलिकता जोगाउन क्याम्पेन गर्नुपर्यो । मिडियामा हाइलाइट हुन पर्यो । जसको लागि प्रभातकिरण साप्ताहिक र रेडियो लोकतन्त्रले अहम भूमिका निर्वाहा गरिदियो । त्यसबेला रोडा नेपालमा आवद्ध सदस्यहरू दिनरात र खानपिन नभनी खटे । जस्को फलस्वरूप छेचीमा नाचिने घोडचढी नाच राष्टियरूपमा चर्चित बने । बिएफबिएस मार्फत अन्तराष्टियकृत भए । अहिलेको अवस्थामा तामाङ आवाज कार्यक्रम मार्फत विश्वभर छेची हेर्न सकिने व्यवस्था भै सकेको छ ।
छेचीमा देखाइने चेमा र तामाङहरूको प्रचलन तथा आहानहरू मिल्दोजुल्दो छन् । यसको ऐतिहासिकता, महत्व र उपादेयता बारेमा चर्चा गरिसकेको छ ।
छेची हाम्रो लोकसाहित्य हो । यसको संरक्षण संवर्धन गर्न पूर्खाहरूको योगदान महत्वपूर्ण छ । बिभिन्न बहानामा लोप गराउन लागेको छेची श्रीङ्खला चौथो पटक पुगेको छ । पुनर्जीवित भए पनि पूर्खाको मौलिकता छाडिनु हुदैन । यो श्रीङ्खलाको शुरूवाती अध्यायमा सहभागी हुन पाएकोमा म अति खुसी छु । अबको पुस्ताले क्रमशः अगाडि बढाउदै जानेमा विश्वस्त हुदै यसपालीको छेची कार्यक्रम सफलताको कामना व्यक्त गर्दछु ।