धादिङ क्षेत्र नम्बर २ को खेल फाईनल र समापन आज हुँदै (अहिले सम्मको खेल परिणाम सहित)

Avatar photo
Dhadingpost
आइतवार, माघ १७, २०७२

11धादिङबेसी माघ १८ । पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत धादिङ निर्वाचन क्षेत्र नं. २ को विद्यालय स्तिरीय प्रतियोगिता निर्धारित समयमा सकिएन ।
माघ १५ गते देखि १७ गते सम्म चल्ले भनिएको प्रतियोगितामा भलिबल र कबड्डी खेल नसकिँदा १ दिन लम्बेको हो ।
हिजो बिहान निर्धारित समय मै सुरु भएको खेलमा धादिङ क्षेत्र नं. २ का १९ वटा विद्यालयहरुको सक्रिय सहभागिता रहेको थियो । भलिबल लगायत अन्य खेलको तुलनामा कबड्डी खेलाउँन कठिन भएको आयोजकले धादिङपोष्टलाई जानकारी दियो ।


कबड्डीमा विवाद
कबड्डी खेलमा विवाद देखिए पछि आयोजकल टिम कोचहरुको सल्लाहमा नयाँ नियम बनायो । तर खेल खेल्दै गर्दा पटक पटक विवाद भए पछि कालीदेवी मावि सलाङले छात्रा तर्फको खेल त्यागेका थिए । त्यस्तै रेफ्रिको डिसिजनमा पक्षपात भएकोले चिल्ड्रेनपार्क आवसिय उमावि अब तेश्रोको लागि नखेल्ने बताउँदै मैदान बााट बाहिरिएको थियो ।
कबड्डी खेलमा कयौ विद्यार्थी घाईते भएका छन् फोटोमा देखाईएको एड्भान्स एकेडेमीबाट कबड्डी खेल्ने एक छात्रा हुन उनी लगायत कयन विद्यार्थीहरु घाईते छन् । प्रविधिको कारण यो खेल खेलाउन निकै जटिल रहेको तर आफुहरुले संयमता अपनाई खेललाई अगाडी बढाई रहेको पूर्व खेलकुद विकास समिति धादिङका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताउनु भयो ।

कुन खेलमा कुन विद्यालयका विद्यार्थी प्रथम भए

१०० मिटरको दौडमा
छात्र तर्फ प्रथम-जिवन गुरुङ चिल्ड्रेनपार्क आवसिय उमावि
छात्रा तर्फ प्रथम- प्रमिला आचार्य सत्यावती उमावि कल्लेरी
२०० मिटर दौडमा
छात्र तर्फ प्रथम- दिपेन्द्र अधिकारी सत्यावती उमावि कल्लेरी
छात्रा तर्फ प्रथम-संगिता श्रेष्ठ देउराली मावि ससाहा
४०० मिटरको दौडमा
छात्र तर्फ प्रथम-आकाश भजेल सत्यावती उमावि कल्लेरी
छात्रा तर्फ प्रथम-प्रमिला आचार्य सविता बयलकोटी सत्यावती उमावि कल्लेरी
८०० मिटरको दौडमा
छात्र तर्फ प्रथम- दिनेश सुनार साङ्कोस मावि
छात्रा तर्फ प्रथम-कविता बराल सत्यावती उमावि कल्लेरी
५००० मिटरको दौडमा
छात्र तर्फ प्रथम-उत्तम श्रेष्ठ सुनखानी मावि चैनपुर
छात्रा तर्फ प्रथम-सुमित्रा रिजाल सुनगाभा एकेडेमी
रिले दौड १×४०० मिटर
छात्र तर्फ प्रथम- सत्यावती उमावि कल्लेरी
छात्रा तर्फ प्रथम-सत्यावती उमावि कल्लेरी
रिले दौड ४×४०० मिटर
छात्र तर्फ प्रथम-सत्यावती उमावि कल्लेरी
छात्रा तर्फ प्रथम-सत्यावती उमावि कल्लेरी
लङजम्प
छात्र तर्फ तर्फ प्रथम- दिपेन्द्र अधिकारी सत्यावती उमावि कल्लेरी
छात्रा तर्फ प्रथम- सविता बयलकोटी सत्यावती उमावि कल्लेरी
ट्रिपल जम्प
छात्र तर्फ तर्फ प्रथम- विजय तामाङ नीलकण्ठ उमावि धादिङबेसी
छात्रा तर्फ प्रथम- सविता बयलकोटी सत्यावती उमावि कल्लेरी
हाईजम्प
छात्र तर्फ प्रथम- विशाल राना भैरवि उच्चमावि सुनौलाबजार
छात्रा तर्फ प्रथम- सर्मिला पुलामी सत्यावती उमावि कल्लेरी

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सुरुभएको प्रतियोगिता युवा तथा खेलकुद मन्त्री सत्यनारायण मंडलले उद्घाटन गर्नु भएको थियो ।
अंकको आधारमा कुन विद्यालयले कुन विधाको खेलमा कति अंक ल्यायो त्यहि आधारमा क्षेत्रिय रुपमा विद्यालय पुरस्कृत हुने भए पनि हरेक खेलका प्रथम, दितिय र तृतिय हुने समुह र व्यक्तिलाई जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग दिन पाउने छन् ।