धादिङ क्षेत्र नं. २ पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी (आज कस्को स्कोर कति)

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १५, २०७२

धादिङबेसी माघ १५ । पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत धादिङ निर्वाचन क्षेत्र नं. २ को विद्यालय स्तिरीय प्रतियोगिता आजबाट सुरुभएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सञ्चालन भएको प्रथियोगिताको आज एक विशेष कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री सत्यनारायण मंडलले उद्घाटन गर्नु भएको थियो ।
आज भएको छात्र तर्फको भलिबलमा एड्भान्स एकेडेमी धादिङबेसीले न्यू किबो बोर्डिङ धादिङबबेसीलाई, ठुलोचौर मावि मैदीले सुनगाभा एकेडेमी नीलकण्ठलाई र भैरवी उच्चमावि सुनौलाबजारले धादिङ बोर्डिङलाई हराएको थियो । यस्तै छात्रा तर्फ सत्यावती उच्चमाविले नीलकण्ठ उच्चमाविलाई हराएको थियो ।
प्रतियोगितामा  १९ वटा विद्यालयहरुले भाग लिदै छन् । छनौट भएका विद्यालयहरुले रनिङ शिल्डको लागि जिल्ला स्तरीय पतियोगितामा सहभागि हुन पाउने छन् । आज भोली र पर्सी ३ दिन चल्ने यस खेलकुद प्रतियोगिताको भोलीको खेल बिहान ७ बजेबाट भलिबल र कबड््डी एड्भान्स एकेडेमीको प्राङ्गणमा र अरु खेल धादिङबेसी स्थित टुडिखेलमा हुने आयोजकले बताएको छ ।