प्रचण्ड र ओलिको एकता सँग जोडिएको भारत

Avatar photo
Dhadingpost
बुधबार, अशोज २७, २०७२

kiran copyविश्व मानचित्रका ३५ देश भ्रमण गरेका केपि शर्मा ओली हिजो देखि नेपालको ३८ औं प्रधानमन्त्री चयन हुनुभएको छ । ओलिको विश्वभ्रमण र प्रधानमन्त्रि को क्रमसंख्यामा संयोगवश केबल ३ अंकको मात्र फरक परेको छ । ऊक्त ३ अंकको ठुलो महत्व र अर्थ संगै यसले प्रचन्ड र ओलिको सामिप्यतालाई फरक- फरक शंका र सम्भावनाको विश्लेषण गर्न सकिन्छ । भनिन्छ राजनितीमा स्थाई दुस्मन र स्थाई मित्र कहिलै हुदैन । त्यो बाबुराम,प्रचन्ड,केपि,कमल थापाको तत्कालिन समिकरण र टुटफुट बाट प्रमाणित भैसकेको छ । तर पनि गठबन्धन पुर्ब स्थाई प्रतिद्वन्दी केपि र प्रचन्डको अस्थाई सहजकर्ता नियुक्ति हुनु, राजनितिक क्रमभंगताको एक संकास्पद घटना भएको टिप्पणी पनि गरिन्छ । जो बिज्ञान संगत पनि छ यसका केहि ऊदाहरण पनि दिन चाहान्छु ।
मान्छेको दिमाग लाई (brain) मुख्य ३ भागमा बिभाजन गरिएको हुन्छ । पहिलो आधारभुत दिमाग (basic brain), दोस्रो मध्य दिमाग (mid brain) र तेस्रो निओकर्टेक्स (Newo-cortex mind)
पहिलो आधारभुत दिमाग- (basic brain) यो दिमाग घस्रेर हिड्ने ( Raftail ) जिबमा हुन्छ । जसलाई अविकसित प्राणि वा आधारभुत दिमाग भएको प्राणि भनिन्छ । यसमा कार्यको (action) गुण हुन्छ तर सोचाई (feelings) हुदैन जस्तै प्रेरमेन्टिस (फट्याङ्ग्रा जस्ता जिब)
दोस्रो मध्य दिमाग- (mid brain)-यो अलि बिकसित प्राणिमा देखिने दिमाग हो । यो दिमाग भएका प्राणि मा कार्य ( action) हुन्छ सोचाई (feeling ) वा माया पनि हुन्छ । – जस्तै पशुपंक्षि
तेस्रो निओकर्टेक्स- (Newo-cortex mind) यो दिमाग केबल मान्छेमा मात्र पाईन्छ । यसमा सबैभन्दा ऊच्च विशेषता भेटिन्छ । यो दिमागमा कार्य ( action) सोचाई (feelings) र आदार ( respect ) सबै पाईन्छ । त्यो केबल मान्छेमा मात्र संभब छ ।
मैले पहिलो प्रसंग लिएर जोड्छु , आजभोलि मात्र भएको गठबन्धन भित्र केपि ओलि,प्रचन्ड,कमल थापा र गच्छेदारको जोडघटाऊ लगभग आधारभत दिमागको (basic brain ) परिणाम हो भन्ने लाग्छ । किनकि यस्तो दिमागको परिणाम भनेको यस्तै घटना संग सम्बन्धित हुन्छन । यो दिमाग घस्रिने (Raftail ) हरुसंग हुन्छ । एऊटा फट्याङ्ग्रा जस्तै जिब छ । जस्को नाम “प्रेरमेन्टिस” हो । यो प्रेरमेन्टिस फट्याङ्ग्रा ले समागमको चरम ऊत्कर्ष पछि भाले जोडिको टाऊको खाइदिने गर्छ । अर्थात जब आनन्दित भैरहन्छ प्रयोगमै हुन्छ , जब आनन्द सुखानुभुतिमा बदलि सक्छ भालेको शिर निलिदिन्छ । त्यसकारण यसमा कार्य हुन्छ (action ) सोचाई (feeling ) पनि हुन्छ तर आदर (respect) हुदैन ।
यसो भनिरहदा प्रचन्ड र केपि ओलिको सम्बन्ध पनि यो ऊदाहरण संग मिल्ने लगभग निश्चित देखिन्छ । किनकि अहिले बाहिर आएजस्तो “भाले” प्रचन्ड नै हुन भन्ने बुझिएको छ । केपि ओलीको भुमिका यतिबेला “पोथि” को रुपमा देखिएको छ । तर पोथि को विशेषता फेरि ऊहि फट्याङ्ग्रा संग जोडेर हेर्दा “ओलि प्रेरमेन्टिस पावरमा छन । जब केपि ओलि सत्ताको चरम ऊत्कर्ष मा पुग्नेछन अनि भाले प्रचंडको टाऊको निल्ने प्रायस गर्नेछन । यो गठबन्धन को छाटकाट लगभग केपि ओलिको( basic brain ) कै ऊपज हो । यसमा मध्य दिमाग ( mid brain) र Newo cortex) को कुनै भुमिका छैन । त्यसकारण जातले एकपटक भालेले मै ठुलो देखिए जस्तो भएपनि पछि पोथिले आफ्नो टाऊको निल्ने विशेषता दोहोर्याएर लगभग अनिवार्य हुनेछ । यो केबल कारण र तर्क होईन तथ्य र राजनितिक यौगिकता माथि मेरो संस्लेषण पनि हो ।
तर म फेरि भन्न चाहान्छु केपि ओलीको ३५ देश भ्रमण भित्र पाकिस्तान पर्दैन । यदि भारत विरोधि ओलि भनेर प्रमाणित गर्ने ओलिमा आट छ भने पाकिस्तान बिदेश भ्रमण पहिलो होस । यो मेरो ऊक्साहट अभिव्यक्ति मात्र होईन यो भित्र गंभीर राजनितिक ज्ञान अनुभब र एक सक्षम राजनितिक नेतृत्व चाहिने बिषेशताको झलक देख्न सकिन्छ । जस्लाई म यसरि देखाऊन चाहान्छु ।
सन १९९९ अक्टोबर १२ तारिकको दिन बेलुकि ६:४० बजिसकेको थियो । पि के ८०५ नम्बर को ऊडानमा १८९ यात्रु थिए । खासगरि बिध्यालयका बिध्यार्थि थिए । जहाज अबतरण गर्न केबल १० मिनेटमात्र बाँकि थियो । जुन बिमानमा पाकिस्तानी शेनाका जनरल “परवेज मुशर्रफ” पनि थिए । मुशर्रफ संग बिध्यार्थि अटोग्राफि मागिरहेका थिए । ऊनि अटोग्राफ दिदै थिए । त्यतिवेला अकस्मात सैनिक सचिबले परवेज लाई हतारिदै भने “सर तपाईलाई ककपिटमा पाईलटले बोलाऊनु भएको छ । परबेजले सोधे के भयो ? पाईलटले जबाफ दिए “सर हाम्रो जहाजलाई पाकिस्तान को कुनैपनि भुमिमा अबतरण नगर्नु भनेर आदेश र धम्कि आएको छ । तुरन्त पाकिस्तान को आकास छाड्न भनेर भनिएको छ । जुन परिस्थिति सिर्जना भयो त्यो बेला देखि जहाजमा १ घन्टाको लागि मात्र इन्धन बाँकि थियो । परबेजले ककपिटको ढोका बन्द गर्न लागाए र सबै पर्दा अफ गरेपछि यात्रु हतोत्साहित नहुन भनेर केहि सुचना नदिन आग्रह गरे ।
मुसरफको सैनिकले किन यसो गरेको भनेर तल सम्पर्क गर्न खोज्दा ईन्धन झन झन कम हुदै गहिरहेको थियो । त्यो बेला पाकिस्तानका प्रधानमन्त्रि नवराज सरिफ र सेनाको बिचमा गम्भीर बिवाद भएर देश ऊत्कर्ष मा पुगेको थियो । फेरि तल बाट आदेश आयो २१ हजार फिट को ऊचाईमा जाऊ र पाकिस्तान को आकाश छाडेर तिमिहरु बम्बई तिर जाऊ, ओमान जाऊ, अबुधाबि जाऊ, अथवा इरान जाऊ , जहा गएपनि हुन्छ । तर दुवै भने नजानु । प्रधानमन्त्रि नवराज सरिफले “सबै पाकिस्तानको बिमानस्थलमा सुचना दियका थिए “पाकिस्तानको कुनै बिमानस्थलमा मा छिरेको देख्न नपरोस” परबेज मुशर्रफ को लागी सबैभन्दा नजिकको दुरि भारत थियो । तर परबेज मुशर्रफ ले सोचे “हाम्रै जिबन, हाम्रै दुश्मन को हातमा सुम्पने अर्थात पाकिस्तानको भारत एऊटा त्यस्तो दुस्मन थियो । जोसंग तिन-तिन पटक पुर्ण युद्द लडिसकेको थियो । पाईलटलाई मुशर्रफले सोधे “अब बाकि ईन्धनले हामि कहा जान सक्छौ ? पाईलटले जबाफ दिए “भारतको अहमदाबाद वा ओमान “तर छिटो निर्णय पाऊ इन्धन क्रिटिकल अवास्थामा आईसक्यो ।
परबेज मुशर्रफ ले झोक्किदै भने “मेरो लाशमाथि टेकेर तपाई जहाजलाई भारत अबतरण गराऊन तयार हुनुहुन्छ ? २१ हजार माथि ऊक्लिदा इन्धन झन घट्दै थियो ।अब पाकिस्तान बाहिर पुग्ने ईन्धन लगभग थिएन । कराचीमानै अबतरण गर्ने सल्लाहा गर्दा कराचि बिमानस्थलमा त झन कुनै लाईट बलेको थिएन र बिमान रन वे मा तिन ओटा ट्रक तेर्स्याएर राखिएको थियो । फलस्वरूप कराचि देखि १ सय ६० किलोमीटर ऊतरतिर पर्ने मरभुमि नवावसाहमा अबतरण गर्ने सोच्दै गर्दा ७:३० बजिसकेको थियो । तर ककपिट रेडियो बाट समचार आयो “कराचि फर्केर त्यहि अबतरण गर्ने” जतिबेला नवराज सरिफले परवेज मुशर्रफ लाई हटायर ऊनको ठाऊमा जनरल जियाऊदिनलाइ पाकिस्तान सेना प्रमुख बनाईसकेका थिए । सेना प्रमुख हटायको बिरुद् परवेज मुशर्रफ आकाशमा भएपनि ऊनका समर्थन गर्ने सेनाले प्रधानमन्त्रिको कदम विरुद्ध सत्ता कब्जा गरिसकेका थियो । सेनाले आफ्नो सेना प्रमुखलाई आकासमै पड्काऊने सड्यन्त्रको बिरुद्द ठुलो संकटको बिच रिस्क लिएर बिमानस्थल कब्जा गर्यो र परवेज मुशर्रफ लाई सेफ ल्यान्डिङ गर्यो । बिमानस्थलमा पुग्दा बिमानमा केबल 7 मिनेटको लागि मात्र इन्धन बाकि थियो । सेनाको कमान्डोले जहाजदेखि ठुलो मानब पर्खाल बनाएर परबेज लाई सुरक्षित महसूस गराइरहेको थिए । जतिबेला ऊनको पक्षको कपर्स कमान्डर लेफ्टिनेंट जनरल ऊसमानिललाई जहाजको ढोकामा देखे र परवेज भाबुक भए र आफ्नै देशमा अबतरण हुनपाएकोमा नया जिबन र स्वर्गलोक मा आएको अनुभूति गरे र भारतमा गएर ज्यान जोगाऊन नपरेकोमा आफु भाग्यमानि भएको महसुस गरे । बिश्वले त्यो समयमा ऊनको हातमा तनाब हटाऊन प्रयोग गरेको चुरोट र ऊनको तस्बिर संसारभरि टि.भि. मा देखाई रहेको थियो । पछि ऊनले जनमत संग्रह गरेर जनतालाई सोधे “के म ५ साल यो देशको कार्यकारी राष्ट्रपती स्विकार्य छु ? जनमत संग्रहले ऊनको पक्षमा अधिकतम भोट दियो र ऊनले ५ साल पाकिस्तानको प्रमुख भएर सत्ता चलाए ।
के अब के पि ओलि प्रधानमन्त्रि भैसकेपछि यस्तो ज्यान जोखिममा राखेर बिदेसी संग घुडा नटेकाऊने गुण विकास गर्न सक्लान ? सत्ता टिकाऊन नैतिकता बेच्ने,भत्ता पकाऊन समय बेच्ने हाम्रो देशका नेतागणलाई सबैले एकपटक संका र बिश्वास गर्न जरुरि देखिन्छ । केबल ७ मिनेट सम्म जहाजमा ईन्धन हुदासम्म हत्केलामा ज्यान चढायर भएपनि भारतमा ज्यान जोगाऊन जादैन बरु डटेर लड्ने गुण भएको पाकिस्तान मा केपि ओली एकपटक भ्रमण गरुन र ईतिहासका पाना फर्कायर राष्ट्रियता बल पुग्ने केहि काम गरुन अनिमात्र भारत बिरोधि वा राष्ट्रियतामा अडिग नेता भनौला तर चाकडिको कुटनिति असफल भैसके पछि देखाएको राष्ट्रबाद हतारो बाहेक अरु केहि हुने छैन ।

किरण प्रकाश बि.सि. (दक्षिण कोरिया)