जनयुद्धको समयका हितैषी साथीहरुको सम्झनामा……प्रहरी !

Avatar photo
Dhadingpost
सोमवार, अशोज १८, २०७२

khara“जननी जन्म भुमिस्चः स्र्वगादपी गरीयसी” आफु जन्मेको भुमि, धर्ति, देश र आफुलाई जन्म दिने आमा एकै हुन्छ आमाको जति मायाँ लाग्छ त्यती नै आफ्नो धर्तिको मायाँ लाग्छ जुन भुमिमा आफुले पहिलो पाईला टेकेको छ त्यही भुमि नै मातृ भुमि मानिन्छ । जुन आमाले आफुलाई जन्म दिएकि छिन त्यही आमा मात्र आफ्नो आमा मानिन्छ हो त्यही आमा वा धर्तिको सेवा गर्नु हामी नेपालीको आफ्नो दायित्य हो र गर्नु पनि पर्दछ । “आमा” आहा कति मिठो शब्द छ ।
आमा भन्ना साथ चाहे बुढो होस चाहे सानो बच्चा । आमाको आफ्नो सन्तान सधैं प्यारो नै हुन्छ । कति प्यारो र मिठास शब्दमा बनेको छ आमा शब्द । आमा हो, हामीलाई केहि आपत बिपत पर्दा पनि कति चाँडै ए आमा भन्ने गर्दर्छौ ।
कहिले काँही हामी आफ्ैं लड्न खोजेमा कति छिटो ए आमाहो भन्ने गर्दर्छौं । हामी कतै गोठालो गएको बेलामा पनि गाईबस्तु हराएमा ए आमा हो, गाईबस्तु हरायोनि भन्ने गर्दर्छौं ।
आफ्नो आमाले जति धेरै सन्तान जन्माए पनि सबैलाई बराबर मायाँ गरेकि हुन्छिन र सबै सन्तानको उन्नति र प्रगतिका पाईला हेर्न आतुर हुन्छिन आखिर किन त ? हो, त्यही मायाँ ममतालाई चिनेर बुझेर होला आफ्ना बच्चालाई केही सानो रोग लागेमा अझ भन्नु पर्दा सानो रुघाखोकी समेत लाग्दा पनि त्यो बच्चालाई नलागी बरु आफ्ैंलाई लागिदे सन्तोष मान्ने र सहन सक्ने आमाले हृदयस्पर्सी भावना बोकेर होला आमाले त्यती मायाँ गरेको सन्तानलाई । जस्तोकि आमाले आफ्नो बच्चालाई रुघाखोकी जस्तो सानो भन्दा सानो रोग लागेमा पनि आँसु चुहाएकि ? र बडो कष्टप्रद सित जन्म दिएकीले नै होला त्यती धेरै मायाँ पोखेकि ? हो, त्यस्तै मायाँ गर्नु पर्दछ आफ्नो मातृ भुमिलाई जसरी आमाले सिकाएकि छिन र दिएकि छिन् ।
namaraj dहुनत हामी पनि एक दिन बुवा आमा बन्नु नै छ र आफ्ना सन्तानलाई उनै आमाले सिकाउनु भएको बाटोहरु हामीले पनि आफना सन्तानलाई डो¥याउनु छ । संसारमा धनसम्पति भए सबथोक किन्न पाईन्छ तर आमा बुवा किन्न पाईदैन यो धु्रवसत्य छ ।
कुरा आज भन्दा करीब १५/१६ वर्ष पहिलेको हो, जब म यस प्राकृतिक सौन्दर्य र रमणिय स्थल धादिङ्ग जिल्लाको मुरलीभञ्ज्याङ्ग गा.वि.स.– ६ मा पहिलो पाहिला टेक्न सफल भएँ तब मेरो बाल्य अवस्था र TiN-AGE को अवस्थाहरु पार गर्दै आफ्नो पढाईलाई अन्त्य गरे लगतै कहिले उकाली त कहिले ओराली, कहिले भञ्ज्याङ्ग त कहिले चौतारी गर्दै आफ्नै मातृभुमि अझ भन्नु पर्दा आफ्नै देशको लागि दुई थोपा पसिना चुहाउन खोज्दै नेपाल प्रहरी सेवामा सर्मपित हुँन गएँ मिति २०५६ साल भदौ अन्त्यतिर हो म प्रहरी सेवामा नियूक्त भएँ म घरको कान्छो छोरा फेरी मेरा कोही नातेदार र भाई प्रहरीमा थिएनन् तर म भने नेपाल प्रहरीमा गई देश जनताको सेवा गर्न पाँउदा आफुलाई गौरव ठान्दथें र मेरा बुवा आमाले पनि गर्व गर्नु हुन्थ्यो । यसै सिलसिलामा म घरबाट एक्लो निस्किए पनि मैले आफुलाई कहिल्यै एक्लो ठानिन र भईन पनि किन कि प्रहरी सेवामा म छिर्दा मेरै गृह जिल्लाका ३५ जना साथीहरु म संग संगै प्रहरी सेवामा नियूक्ति भएका थिए ।
हामी संगसंगै अन्य जिल्लाका पनि त्यस्तै गरी नियूक्ति हुंदै थिए यसै सिलसिलामा हामीले आफ्नो काम, कतब्र्य र तालिम सिक्नको लागी भरतपुर गईयो तर त्याहाँ धेरै प्रशिक्षार्थीहरु भएको कारणबाट हामी २५० जना नव नियूक्त प्रहरीहरु शसस्त्र प्रहरी गण नं.१ नक्साल काठमाण्डौ पुगि तालिमको शुरुवात गर्न लाग्यौं आफ्नो काम, कतब्र्यप्रति निष्ठावान रही देश र जनताको सेवा गर्न सिकिरहयौं ।
हामीले तालिममा दुःख, सुख, पिर, ब्यथा आदी समस्याको सामना गर्दै तालिमको दिक्षान्त सकि आफ्नो कार्य क्षेत्र जाने तरखर भयो हाम्रो पहिलो कार्य क्षेत्र दंङ्गा नियन्त्रण प्रहरी गण बर्दिवास थियो जुन महोत्तरी जिल्लाको बर्दिवास गा.वि.स.मा पर्दछ कार्यक्षेत्र बर्दिवास भए पनि हामीलाई देश र जनताको शान्ति सुरक्षको निम्ती हामीलाई दोस्रो कार्य क्षेत्रको रुपमा रुकुम खटाईयो यसै अबसरमा त्यस बेला नेपालमा शसस्त्र बिद्रोहको क्रान्ति चलेको थियो कतै कतै शान्ति सुरक्षा त्यस बेला अलि संकटमा परेको थियो त्यसैले होला हामीलाई नयाँ जोस जाँगर दिएर रुकुम जिल्लाको खारा भन्ने स्थानको ईलाका प्रहरी कार्यालयमा खटाईएको । यसरी हामी आफ्नो कार्यक्षेत्रमा खटिएर आफ्नो दायित्व पुरा गर्न र जनतामा शान्ति सुरक्षाको आभाष दिलाउन सक्षम भएका थियौं ।
हामीले यस्तै यस्तै गरी करिव ५ महिना जति बिताएका थियौं र आफ्नो ईलाका नजिक अनि वरपरका जनतामा समेत शान्ति सुरक्षाको पूर्ण आभाष दिलाएका थियौं । हामीलाई त्यहाँका जनताले आफ्नै छोरा सरह ठानी कहिले भुटेका मकै ल्याई दिने त कहिले कोदोको रोटी र गोलभेडाका अचार आहा, कति मिठो अनि कति स्वादिष्ट हामीलाई आफ्नै घर जस्तो भईरहेको थियो घरको न्यास्रो मेटिंदै थियो । वरपरका साना साना बच्चाहरु आई कसै कसैले दाई भन्दै कोही अंकल भन्थे नजिक आउँथे भने कोही कोही हामी प्रहरीहरु देख्नासाथ डराई भाग्थे हुन त हामीले के नै गथ्र्यौ र ? तै पनि नकारात्मक सोचाई र भ्रममा परेका बालबच्चाहरु अलि डराएका देखिन्थे ।
हाम्रो पनि घरमा यस्तै बालबच्चा छोडेर आएका थियौं र त्यही बाल बच्चाको याद र सम्झना आउँदा तिनैलाई हेरी, अझ जिस्क्याई समय बिताउँने र भुल्ने कोसिस गर्ने गर्दथ्यौं । रात भरी त्यस ईलाकाको सुरक्षार्थ खटिने गर्दथ्यौं शसस्त्र द्धन्द्धको कारण हाम्रो वरीपरी कहिले काँही गोलीका आवाजहरु आउँथे हामीले त्यसलाई कुनै प्रवाह नगरी सुरक्षा गरी रहन्थ्यौं अझ कहिले काँही त ठुलै आवाजमा बम पड्केको सुनिन्थ्यो बुझनेले त अडकल गर्थे देशले काँचुली फेर्न खोज्दै छ सामान्तबादको अन्त्य हुन आँट्दै छ तर कोही भने लौ हामी प्रहरीलाई नै सिध्याउन आँटेयो भन्ने गर्दथे यस्तै यस्तैमा दिनहरु बित्दै थिए । एक दिनको कुरा हो, हामी १५० जना प्रहरीहरु त्यस ईलाका प्रहरी कार्यालय खारामा कार्यरत थियौं जसमा धादिङ्गबासी ९ जना थिए ।
हामीले बेलुकाको खाना खाई कार्यालय प्रमुखबाट भएका नीति निर्देशनहरु सुन्दै थियौं । एक्कासी ठुलो आवाजमा बम पड्केको सुनियो । हामीले वास्ता गरेनौं सधैं पडकि रहने ठाउँमा पड्क्यो कुनै नौलो कुरा र नयाँ बिषय बनेन हामीलाई हामी आ-आफनो एरिया किल्यर गरी फेरी कार्यालयमा नै आई डियूटी सम्हाल्यौं करिव रातको ११ बजेको थियो होला १५० जना प्रहरीहरु मध्ये १०० जना कार्यालयको सुरक्षार्थ (डियूटी) मा बसेका थियौं ।
हाम्रो नजिक कोही, कसैले साउती मारेको जस्तो मलिन मलिन स्वरका आवाजहरु आउन थाल्यो हामी चनाखो भई एक्सनमा बसेका थियौं र ५ जना साथीहरु को हो त्यहाँ भन्दै अघि बढेका मात्र के थिए एकै साथ गोलीहरु बर्सिन थाले मेरा साथीहरु आफ्नै अगाडी भक्लक भक्लक ढल्न थाले मैले सोचें आज हामी माथी पक्कै पनि आक्रमण हुदैछ फेरी साथीहरु माथी पनि गोली बर्सेको छ भन्न मात्र के भ्याएको थिएँ मेरो दाहिने कान नै उडाए जस्तो गरी गोली रनन हुंदै गयो म तल सुते जसरी (लाईन) पोजिसनमा गएँ । आफ्नोे दाहिने बाँया हेर्दै जवाफी फायर खोलें हुन त मेरै पोष्टको ४ जना साथीहरु ढलि सकेका रहेछन् मलाई के थाहा ?
मैले कहिल्यै पनि यस्तो हुन्छ भन्ने सोचेको थिईन तालिमको दौरानमा मलाई गुरुवाले भनेका कुरा झट आद आयो कँही कतै पनि हामीले नेक्लीजेन्स गर्नु हुंदैन र दुष्मनलाई सानो कहिल्यै सोच्नु हुंदैन तब मैले आफ्नो रक्षा र हतियारको रक्षा गर्दै रात भरी लडिरहें रातको ११ बजे देखि बिहान ३ बजेसम्म हामी लडिरहेका थियौं दोहोरो भिडन्तले गर्दा आकास गर्जिदैं थियो हावा बेस्करी सुसाउँदै थियो । बास बसेका चराहरु बम बारुदका आवाजसंगसंगै उड्दै थिए आकाशको चन्द्रमा दाजुभाईको भिड्न्तले गर्दा परेलाले छोपेको आँखा जस्तै देखिन्थे तैपनि लडाई रोकिएको थिएन ।
यस्तै-यस्तैमा मेरो नजिकैबाट एक आवाज आयो दाई पानी खुवाउनुहोस, दाई पानी खुवाउनुहोस मैले यसो ऊ पटि फर्केर हेंरे मैले चिनिन म झसंग भए यो मान्छे को हो ? र किन मसंग पानी माग्दै छ मैले आफ्ना साथीहरु हेरें कोही देखिन देखुं पनि कसरी ? सबै साथीहरु पार्थीव शरिरमा परिणत भई सकेका रहेछन् सबैले मलाई एक्लो बनाई छोेडेर गएका रहेछन, मलाई कहिल्यै नदेख्ने गरी र म संग कहिल्यै नबोल्ने गरी ।
तब मैले त्यस नचिनेको मान्छे नजिक मात्र के पुगेको थिएँ दाई मलाई नमार्नुहोस, मलाई नमार्नुहोस है ? दाई पानी भन्दै रुन लाग्यो तब मैले उसलाई चिनें ऊ बिद्रंोही पक्षको मान्छे रहेछ म बहुतै होसियार भई उसलाई सर्च गरें उसबाट केही भेटिएन र उसलाई सोधें के भयो ? उसले कारुणीक आवाजमा भन्यो दाजु मलाई गोली लागेको छ मलाई बचाउनुहोस भन्दै रुन लाग्यो ।
मैले यसो हेरें साच्चै ऊसलाई दाहिने तिर्घामा गोली लागेको रहेछ मैले आफ्नो तुम्लेटबाट पानी झिकी मुख चिसो पार्न दिएँ पानी सकिएको थियो मलाई धिकार लागेर आयो यो तुम्लेट भरी पानी भईदिएको भए पनि अहिले मैले उसलाई खान दिन पाउने थिएँ भन्दै उसको घाउमा आफ्नै रुमालले सफा गरी दिनमात्र के लागेको थिएँ फेरी मेरो नजिकै रहेको माटोको ढिस्कोले नै मलाई पुर्ला जस्तो गरी भस्केर आयो तब मैले त्यो अपरिचित साथीलाई तान्दै सुरक्षित ठाउँतिर लगें र फेरी घाउ सफा गर्ने तर्फ लागें करिव रातको ४ बजेको हुंदो हो बम बारुदको आवाज अलि कम भएको जस्तो लाग्यो त्यो अध्यांरो कालो रातले बिदा गर्दै सुर्यका किरणहरुले माथी माथी डाँडाहरु छिचोल्दै आए जस्तो भयो मैले त्यो अपरिचित साथीलाई हाम्रो ध्वस्त भएको ब्यारेकको एक खाटमा सुताई मसंग भएको बिस्कुट खान दिएँ उसले मलाई हेर्दै खान खोज्दै थियो ।
एक्कासी आँखाबाट आँसुका धारा बगाउन थाल्यो मैले सोचें सायद यसलाई आफ्नो आमा बुवाको याद आएको हुनु पर्दछ भन्ने ठानी सम्झाउन लागें तब उसले मलाई भन्यो मलाई धिक्कार छ तपाई जस्तो ब्यक्तिलाई मैले दुस्मन ठानेर तपाई बसेको पोष्टमा मैले नै पहिलो फायर गरेको थिएँ भन्दै पछुताउँदै थियो ।
मलै त्यस अपरिचित मान्छेको कुरालाई कुनै प्रवाह नै नगरी फेरी सम्झाउदै गएँ हेर कसले पो चिन्दछ र ? आखिर यो हाम्रो यूद्ध मैदान हो हुन त तिमीले जितेर पो के लिन्थ्यो र ? फेरी मैले जितेर पो के लिन पाउथें र ? यस्तै-यस्तै कुराहरु गर्दा गर्दै उज्यालो भयो ऊ निदाउन लागेछ मैले उसलाई त्यही एक्लै छोडेर आफ्ना साथीहरु भए तिर लम्किएँ जान त गएँ तर पहिलो गासमै ढुङ्गा भने झैं मेरो हितैषी मेरै जिल्लाको र म संग संगै सुत्ने बस्ने साथी कृष्णलाई देखें यसो हेरें चलाँए पनि तर ऊ चल्दैन थियो ऊ बोल्दैन थियो ।
उसले सास फेर्दैन थियो म झसंग भएँ मेरा पाईला अब अगाडी बढेन म थचक्क जहाँको तहीँ बसें उसलाई नै हेरी रहें मेरा आँसुहरु थामिएनन् हुन त अब मैले उसलाई के नै पो गर्न सक्थेंर ? केवल दुई थोपा आँसु दिन भन्दा बाहेक र अन्तिम सलाम भन्दा बाहेक ? हो, के नै पो गर्न सक्थेंर ? मैले आफ्नो मनलाई सम्झाउँदै बुझाउँदै र आँसुहरु चुहाउँदै अगाडी बढें फेरी मेरा आँखा अर्को साथी भएतिर पुग्यो ऊ निजकै दुई पार्थिव शरिर थिए एउटा उत्तानो थियो त अर्को घोप्टो मैले पल्टाई हेरें तिनीहरु पनि मेरै गृह जिल्लाको रहेछ अमर र त्रिपाठी ओ अब त मलाई खपि साध्यै भएन म चिच्याउन लागें रुन लागें आखिर जे नहुनु थियो त्यो त्यही कालो र अध्यारो रातमा भएको थियो उनिहरुलाई पनि मैले त्यही दुई थोपा आँसु र अन्तिम सलाम भन्दा बाहेक ? के नै पो दिन सक्थें र ? अब मेरो मन आफ्नो नियन्त्रण भन्दा बाहिर गईसकेको छ मैले आफुलाई कसरी सम्हाल्ने भन्ने चिन्ता लागिरहेको छ। तैपनि म शान्त हुंदै अघि बढिरहें म जति अघि बढछु त्यती नै आफना सहयात्रीहरुको पार्थिव शरिर देख्छु हेर्दै जाँदा त मेरा सामुन्ने ५३ वटा पार्थिव शरिरहरु लस्करै हुन आए जसलाई काठमाण्डौबाट आएका थप टोलीले संगालेको रहेछ मलाई खिन्न भान भयो रात भरी संगै डियूटी बसेका साथीहरु अझ भन्नु पर्दा एउटै फुलबारीमा उम्रेका बिरुवा, एउटै गमलामा फुलेको फुल सरह थियौं । हामीले एकै स्थानमा खुट्टा हानी एकै स्थानमा परेड खेलेका थियौं कति चोटी त एउटै थालमा खाना समेत खाएका थियौं ।
तर ……..तिनै साथीहरु दैवको प्यारो बन्न पुगेको देख्दा कसको मन रुंदैनर ? कसको पो चित्त काटिंदैनर ? कसलाई पो दुख्दैनर ? ओहो, मेरो आँसु सकिएको पत्तै पाईन यस्तैमा म रातभरीको त्यो लडांईले गर्दा होला त्यही पार्थिव शरिरको बिचमै आखाँ लोलाउन पुगेछ । करिव एक डेढ घण्टा मात्र के निदाएको थिएँ कता कता मेरो कानमा त्यही रातको झझल्को आएको जस्तो भान भयो म झसंग भएँ फेरी हामी माथी आक्रमण हुन लाग्यो कि के हो ? भन्दै आँखा खोल्न लागें रातको त्यो कहाली लाग्दो लडाईं सम्झें मेरा कानमा हेलिकप्टरको आवाज ठोकियो ।
हामीलाई नै सहयोग गर्न आएको रहेछ त्यस हेलिकप्टरले सबैभन्दा पहिला घाईतेहरुको उद्धार गर्न तर्फ लाग्यो मैले झट सम्झें बिहान एक घाईते ब्यारेकमा लगि राखेको थिएं । हेलिकप्टर उड्ने तरखर गर्दै थियो मैले रोक्दै म ब्यारेक तिर दौडिएँ अनि मैले सकि नसकि त्यस घाईतेलाई उठाएर बोकी हेलिकप्टरमा चढांए जुन मेरो बिद्रोही थियो मैले सोचें कि करन्त कि मरन्त यस अवसरमा मैले उसलाई सहयोग गर्नै पर्छ भन्ठानेर उसलाई हेलिकप्टरबाट उपचारको लागि काठमाण्डौ पठाएँ ।
काठमाण्डौको बिरेन्द्र प्रहरी अस्पताल महाराजगन्जमा ४८ दिनको उपचार पश्चात ऊ घर फर्केको थियो रे मैले भेट्न जाँदा त्यो खबर पाएँ तर उसलाई मैले आजसम्म भेटन पाएको छैन उसले आज पनि रुकुममा बसेर मेरो नाम लिंदैछरे धेरै धेरै सम्झनाको कुराहरु गरेको छरे मलाई यहाँ सरुवा भएर आउने साथीहरुले भनेको सुन्छु अनिलले सोधेको छ । एक दिन मैले उसलाई अवश्य पनि भेटने छु कार्यक्षेत्र आज मेरो धादिङ्ग भए पनि घुमिफिरी एक दिन म अवश्य रुकुम आउने छु र रुकुमको खारामा लडेका ति घाईते रुकुमकोट निवासी अनिल सित भेटने छु ऊ बिद्रोही भए पनि मैले उसलाई जीवनदान सरहको गुण लगाएको छु मलाई गौरव लागेको छ आफ्नो हितैषी जिल्ला बासीहरुलाई बचाउन नसके पनि मृत्यू शैयामा छटपटाई रहेका अनिललाई बचाउन सकेकोमा ।
यसरी हेलिकप्टरले घाईतेहरुको उद्धार गर्दै करिव करिव ४ पटक काठमाण्डौ देखि रुकुम खारा आउने जाने गर्यो तब हाम्रा साथीहरुको पार्थिव शरिरहरु उठाउने पालो आयो तब हामीले ५३ वटा पार्थिव शरिर र तिनीहरुका झोलाहरु हेलिकप्टरमा चढाउँदै गयौं र हामी पनि संग संगै काठमाण्डौ आई थकाई मार्न तर्फ लाऔं म बेला बेलामा झसंग हुन्थें किन कि हामी संगैसंगै कार्यक्षेत्र गएका हितैषी साथीहरु फेरी आफ्ना बुवा आमालाई एक्लो बनाए र, अनि श्रीमति र बालबच्चाहरुलाई टुहुरो हुन बाध्य पारेर देशकै अमर प्रहरी भैसकेका थिए । जुन कुरा उनिहरुका बुवा आमाले सुन्दा र त्यो गनाईसकेको पार्थिव शरिर घरको आँगनमा राख्दा मुर्छा परेको ति बुढा बुवा आमालाई कसरी सम्झाउने कसरी हेर्ने ? कति चित्त काटिएला बालबच्चा र श्रीमतीको ? भन्ने चिन्ता मात्र लागि रहन्थ्यो हुन त मान्छे जन्मन्छ अनि मर्छ यो कुनै नौलो बिषय बस्तु होईन तैपनि त्यस घट्नाले अझैसम्म मलाईलाई अत्यन्तै मर्माहीत तुल्याई दिएको छ ।
अनि दुखित बनाई रहेकोे छ र मलाई, उसको आमाबुवालाई, अनि देशलाई उसले गरेका कार्यहरुको लेखाजोखा गर्ने कुनै साधन नै नहुने, जति मूल्य दिएपनि अमूल्य हुने, ईतिहाँसको पानामा उसका जिवनगाथाहरु कोरिने छाप छोडेर गएको छ । भने, उसका आमाले उसलाई कहिल्यै नभेट्ने गरी र कहिल्यै देख्न नपनउने गरी यस संसारबाट ऊ बिदा भई अमर प्रहरी बनेको छ । हो मान्छे जन्मन्छ र मर्छ पनि । मर्नमा पनि गौरवका साथ मर्न पाउनु र साधारण तरिकाबाट मर्न पाउनुमा धेरै भिन्नता छ मान्छे जन्मन्छ र मर्छ यो प्राकृतिक नियम हो र छंदैछ । हो ! मानिस किन मर्नु परेको ? किन बुढो हुनु परेको ? आखिर यसो नभएमा हामी कति भाग्यमानी हुन्थ्यौं होला ? मानवरुपी भगवान गौतमबुद्धले भने झैं र सोचे झैं । दाजू ! मेरा हितैषीहरु मरेर गएपनि आज अमर प्रहरीको रुपमा हामीले र हाम्रा सन्तानले अनन्तकालसम्म सम्झिरहने छौं ।
अमर प्रहरीका आमाबुवा तपाईहरुको ओठमा सधैं हाँसो देख्न पाईयोस नकि आँखामा आँसु होईन गौरव गर्नुहोस आफ्नो छोरा अमर प्रहरी बनेकोमा गर्व ठान्नुहोस आफुलाई तुल्याउनुहोस अमर प्रहरीका आमाबुवा भनि चिनेकोमा । लाखौंलाख सलाम छ ति अमर प्रहरीहरुलाई अनगिन्त सलाम छ ति बिर अमर प्रहरीहरुलाई । र लाखैंलाख सलाम छ जनयूद्धको बेला सहिद भएका ब्यक्तिहरु जो शसस्त्र बिद्रोहमा हतियार उठाई सहादत प्राप्त गरेका बिर योद्धाहरुलाई ।
मुरीमुरी धन्यबाद छ त्यस्ता बिर योद्धाहरु जन्माउनु भएकोमा आफ्नो जिउ ज्यानको बाजी लगायर देशको खाँतिर सर्मपित हुनु भएकोमा र नेपाली जनताको सहिद हुनु भएकोमा अनि आमाले यस्ता बहादुर छोरा जन्माउनु भएकोमा हृदयदेखि नै ती नेपाल आमालाई लाखौं लाख धन्यबाद मुरीमुरी आभार प्रकट गर्दछु साथै छोरा जन्माउनु त यस्तो पो बस यस्तो पो…………बस यस्तो पो……..छोरा हुनु यस्तो……………नेपाली जनताको छोरो ……आमा बन्नु यस्तो …………….
धन्यबाद ।