सिर्जनाहरु समाजप्रति उत्तरदायी बन्नु पर्छ – गाउँले

Avatar photo
Dhadingpost
सोमवार, अशोज १८, २०७२

OLYMPUS DIGITAL CAMERAधादिङ । समाजलाइ सिर्जनाले कुन गतिमा हिडाइरहेको छ, समसामयिक सिर्जना कुन स्तरको छ र समाजको चेतनास्तर बृद्धि लागि कस्तो खाले सिर्जनाहरु लेखिनुपर्छ भन्ने उद्येश्यले सिर्जनात्मक गोष्ठी धादिङबेसीमा सम्पन्न भएको छ ।
गोष्ठीमा डाक्टर बलदेव अधिकारी गाउँले , गोरखापत्रका सम्पादक कमल रिजालको , साहित्यकार बद्री प्रसाद दाहाल भष्मासुरले समाजका लागि सिर्जना बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै प्रज्ञा प्रतिष्ठानका कुलपति गंङगा प्रसाद उप्रेतीले मानविय जिवनमा आस उत्साह र जाँगर चलाउने खालको सिर्जना हुनुपर्ने बताउनुभयो । सिर्जनाका विभिन्न विधाहरुमध्ये साहित्यीक सिर्जनाको माध्यमाबाट विसङगती र बेथितिहरुलाइ चिर्दे समाज अघि बढ्न सक्ने उल्लेख गर्दे उप्रेतीले समाज र सिर्जना भनेको एक अर्कोको परिपुरक जस्तै भएको बताउनुभयो ।
गोष्ठीका सहभागीहरुले प्रस्तुत भएका कार्यपत्रहरुमाथि टिप्पणी गर्दै पछिल्लो समयमा सिर्जनाहरुले समाजमा सकारात्मक प्रभाव जमाउन नसकेको बताउदै सिर्जनाहरु समाजप्रति उत्तरदायी बन्नुपर्ने सुझाव दिएका थिए ।